Monday, January 30

संसारकै ठूलो मुस्लिम देशको नोटमा हिन्दू धर्मका भगवान गणेशको तस्वीर, कसरी ?

December 2, 2022 200

दिल्लीका मुख्य’मन्त्री अरविन्द केजरी’वालले दुई साता’अघि भारतीय जनता पार्टी र कांग्रेसलाई लगभग छक्क पार्दै भारतीय मुद्रामा हिन्दु देवी-देवताहरू गणेश-लक्ष्मीको तस्वीर राख्न अपि’ल गरे ।

संसार’को सबै’भन्दा ठूलो मुस्लिम देश इन्डोनेसियाले समेत हिन्दु देवताको तस्वीर आफ्नो मुद्रामा राखेको तर्क केजरी’वालको थियो । आम आदमी पार्टीका प्रमुख केजरी वालले इन्डोने’सियाको कुल जन’संख्यामध्ये २ प्रतिशत मात्रै हिन्दु हुँदा पनि मुद्रामा गणेश’को तस्वीर राखेकाे बताएका थिए । इन्डोने’सियामा ८५ प्रतिशत जनता मुस्लिम छन् ।

उनले यो विषय उठाए:पछि टीभी च्यानलदेखि सोसल मिडिया र इन्टरनेटसम्म यसको चर्चा भयो । गुगल ट्रेन्डअनुसार केजरी’वालको प्रेस कन्फरेन्सपछि ‘इन्डोनेसियाको मुद्रा’ किवर्डको खोजीमा जबर्जस्त उछाल देखिएको थियाे ।

इन्टरनेट प्रयोगकर्ताले जान्न चाहेका थिए, आखिर इन्डोनेसियाको मुद्रामा हिन्दु देवता गणेशको तस्वीर किन छ ? इन्डोनेसियाले यो नोट सन् १९९८ मा एक खास उद्देश्यले जारी गरेको थियो ।

अहिले यो नोट चल्तीमा छैन । सोसल मिडियामा भाइरल भएको नोटको तस्वीरलाई ध्यानपूर्वक हेरियो भने यसमा एकातिर हिन्दु देवता गणेश र एक व्यक्तिको तस्वीर देख्न सकिन्छ । अर्कातिर पढ्दै गरेका केही बच्चाको तस्वीर छ ।

बीबीसी इन्डोनेसिया सेवाका वरिष्ठ पत्रकार अस्तुदेस्त्रा अन्जेग’रास्त्रीका अनुसार इन्डोने’सियामा गणेशको तस्वीर हुनुले त्यहाँकाे सांस्कृतिक विविधता’लाई दर्शाउँछ । उनी भन्छिन्, ‘सन् १९९८ मा जारी गरिएको यो नोटको थिम शिक्षा थियो । गणेशलाई इन्डोने’सियामा कला, वृद्धि र शिक्षाको भगवान् मानिन्छ । यहाँका केही शैक्षिक संस्थानहरूमा पनि गणेशको तस्वीर प्रयोग गरिन्छ ।’

यस नोटमा इन्डो’नेसियाको राष्ट्रिय नायक ‘की हजार देवन्तरा’को तस्वीर पनि छ । उनले त्यो बेला इन्डोने’सियाली जनताकाे शिक्षाका लागि संघर्ष गरेका थिए । त्यो बेला इन्डोनेसिया डेन-मार्कको उप’निवेश थियो । त्यस क्रममा केवल समृद्ध एवं डच समु’दायका बच्चाले मात्रै स्कुल जान पाउँथे ।

इन्डोनेसियामा अहिले पनि करेन्सी नोट सर्कुले’सनमा छ, जसमा इन्डोनेसियाली द्वीप बाली’स्थित एक हिन्दु मन्दिरको तस्वीर छ । अस्तुदेस्त्रा यसको पुष्टि गर्दै भन्छिन्, ‘पचास हजार रुपैयाँको नोटमा बालीको मन्दिरको तस्वीर छ । बालीमा हिन्दु समुदाय बहु’संख्यक छन् ।’

तर, यसो भन्न पनि मिल्दैन कि नोट’हरूमा केवल हिन्दु धर्मको प्रतीक छ । किनकि अन्य नोटमा अलग-अलग धर्म र समुदायका प्रतीक’हरूलाई पनि ठाउँ दिइएको छ ।

इन्डोने’सियामा गणेश यति लोक’प्रिय किन ?

पूरै इन्डोनेसियामा हिन्दु धर्म मान्नेकाे संख्या केवल २ प्रतिशत छ । तर, बाली द्वीपको ९० प्रतिशत जनसंख्या हिन्दु हो । हिन्दु धर्मको विस्तार भने पूरै इन्डोनेसियामा छ ।

एक रिपोर्ट:अनुसार सन् १९६० र १९७० को दशकमा जावा द्वीपमा हजारौँ मानि’सले हिन्दु धर्म मान्थे । इन्डोने’सियाको समाज र संस्कृतिमा नजर लगाउने हो भने केही क्षेत्रमा इन्डोनेसियाको हिन्दु इतिहासको झलक देखिन्छ । इन्डोने:सियाको इति’हासमा कैयौँ हिन्दु राज’वंशहरूले शासन गरेका थिए ।

सातौँदेखि १६औँ शताब्दीका बीच इन्डोने’सियाको धेरैजसो क्षेत्रमा हिन्दु-बौद्ध राज:वंशको शासन थियो । यसमा मजापहित साम्राज्य र श्री विजय साम्राज्य सबैभन्दा ठूला थिए । यिनीहरूकै अवधिमा इन्डोने’सियामा हिन्दु धर्म फले’फुलेको थियो ।

यस साम्रा’ज्यमा पनि हिन्दु, बौद्ध, एनिमिज्म:सहित केही धर्म फलेफुले । तर, धार्मिक भाषा संस्कृत नै रह्यो । यसअघि श्री विजय साम्रा’ज्यको अवधि सातौँ’देखि १२औँ सदीसम्म रह्यो, जसको मुख्य भाषा संस्कृत र ओल्ड मलाय थियो ।

वर्तमा:नमा पनि इन्डोनेसियाको इति’हासमा लोक:कथाहरू र प्रतीकको असर देख्न सकिन्छ । इन्डोने’सियाकाे राष्ट्रिय प्रतीक गरुड हो, जसको सिधा सम्बन्ध हिन्दु पौराणिक ग्रन्थहरूसँग छ । रामचरित मानसका अनु:सार गरुड पन्छीले सीता:लाई श्रीलंका:बाट फर्काउन रामलाई सघाएको थियो । – शीला पत्र

प्रतिकृया दिनुहोस्