Sunday, September 24

रवि लामिछानेले सीधाकुरा सुरु गर्नुको कारण यस्तो रहेछ (भिडियो सहित)

February 26, 2020 2374

रवि लामिछानेले भने : सीधाकुरा सुरु गर्नुको कारण यस्तो रहेछ (भिडियो सहित)

सिधाकुरा जनतासंग कार्यक्रमले आफ्नो कार्यक्रमको ५०० औ भाग पुरा गरेको छ । ५ सय भाग पूरा गरेको अवसरमा सो कार्यक्रमका प्रस्तोता रबि लामिछानेले कार्यक्रमको अवधाऽ रणा प्रस्तुत गर्नुभयो, उहाँको प्रस्तुति जस्ताको तस्तै हेर्नुहोस ।

” जनसंख्या र भूगोलको आधारमा हाम्रो मुलुक सानो मुलुकमा गनिन्छ, यस देशका नेता ,अभिनेता ,मन्त्री, प्रधानमन्त्रीहरू यही गल्ली चोक तिर भेटिन्छन्, र भेटिनु पर्छ । छुनै नसकिने भेट्नै गारो कोही हुन हुँदैन भनेर हामीले यस न्युज२४ टेलिभिजनमा र सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा हप्ताको १ दिन देशका प्रधानमन्त्रीलाई जनतासँग साऽ क्षात्कार गराउने , जनताको असली समस्या बताउने र देशको समस्या समाधानको लागि प्रधानमन्त्रीले तत्काल अर्डर दिने एक्सन सहितको अवधारणाको सुरुवात गर्यौं ।

यो अवधारणा मैले सम्माननीय प्रधानमन्त्री केपी ओलीसमक्ष राँखे । सो प्रस्ताव राख्दा प्रधानमन्त्रीज्यूलाई भनेको जस्ताको तेस्तै अवगत गराउन चाहन्छु । त्यतिबेला केपी ओली प्रधानमन्त्री बन्ने निश्चित थियो, करिब २०- २५ दिन मात्र बाँकी थियो । बालकोटस्थित उहाँको निजी निवासमा भएको भेटमा मैले उहाँलाई भनेको थिएँ कि “यदि  मैले आज बाट राजनीति सुरु गरे भने या कसैले गर्यो भने हरेक कदम सही ठाउँमा परे या गलʼत ठाउँमा नपरे अथवा भाग्यले दिल खोलेर साथ दियो भने मलाई पधानमन्त्री बन्न या कसैलाई प्रधानमन्त्री बन्न लगभग २० – २५ वर्ष लाग्छ ,

तर अब करिब २०-२५ दिनपछि यो देशको प्रधानमन्त्री बन्ने तपाईंको निश्चित छ। आफ्नो २०-२५ बर्ष जोगाʼउन चाहन्छु र केही अवधारणाहरू बताउन चाहन्छु। म तपाईंको दलको वा कुनै पनि दलको सहयोगी या समर्थक होइन , थिइन र बन्न पनि चाहन्न। मैले तपाईंको दल वा कुनै पनि राजनीतिक दललाई कुनै पनि योगदान दिएको पनि छैन। म नेता छानीछानी भोट हाल्न सक्ने शक्तिशाली जनता हुँ । म यो शक्ति नगुमाʼ ईकन तपाईंसँग सहकार्य गर्न चाहन्छु ।”

कयौं अवधारणा मध्ये एक थियो सिधा कुरा प्रधानमन्त्रीसँग । आज यो कायʼ क्रमले ५ सयौं भाग पूरा गरेको छ । दिल खोलेर भन्नैपर्छ यो फुल तपाई र मैले संगै मिलेर रोʼपेको हो प्रधानमन्त्रीज्यू। यद्यपि यो यात्रामा तपाईं छुट्नु भयो, तर म मेरा साथी सहकर्मीसँग हातेमालो गर्दै यात्रामा निरन्तर लागेको छु। जो सँग मिलेर अवधारणा बनाइयो, उसैको समाचार बनाउँदा मन कटʼक्क खान्छ। तैपनि भन्नैपर्छ प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउँदा हेलिकप्टर र खाना खर्च मात्रै ८२ लाख रकम खर्च भएछ ।

राज्यले तिरेन होला, तपाईंले तिर्नु भएन होला सायद यति समूहले तिर्यो होला। ३ करोड जनताको प्रधानमन्त्री भएर यती समूहको केक खानु पर्ने कस्तो बाʼध्यता तपाईंको? कसैले तपाईंलाई नै ज्या:न माʼरिदिने धʼम्की दिएर यस्ता अलोकप्रिय काम गराइरहेको त छैन?  कतै ब्ल्याʼकमेल को सिʼकार त भइरहनुभएको छैन ? बालकोटको त्यो चिसो कोठामा भेटेको मानिस तपाईं नै हो भन्ने पत्याउन ज्यादै गाह्रो भइरहेको छ । मरुभूमिमा काम गरेर देश र परिवार पालेका हरुले खोजेको त्यस्तो नेतृत्व हुँदै होइन। अनि देश हाक्न हिँडेका शाहसी मान्छे ले यति कुरा पचा उनुपर्छ । यति आʼलोचना सुन्नुपर्छ।

यो र अघिल्ला सरकारहरु भएभरका सरकारी जग्गाहरु यती होल्डिङ कम्पनीलाई कौडिका भाउमा दिन तयार भइरहँदा प्रत्येक ठूला ठेक्का किनबेचमा मोलमोलाई गर्दै यो देशको ढुकुटी माथि ब्रʼमलुट मच्चाइ रहेकाबेला जनताले चाहिँदैन जाउ, भनेर निर्वाचनबाट हरा इ दिएर पठाइएका हरुलाई चोरबाटो हुँदै प्रधानमन्त्रीनै बन्न सक्ने गरी संविधान संशोधन गर्न चोʼर दाउ हेरिरहेका बेला सरुवा बढुवा लाइसेन्स नविकरण आदिमा लाख हैन करोड पनि होइन अरब – अरबको को कमिशन कुम्ल्याउन व्यस्त रहेका बेला हामीले यो देशका सामान्य हुँदा खाने नागरिकका सʼमस्याहरूमा ध्यान दिएर काम गर्यौं ।

२५ सय ३८ ओटा समस्या प्रसारण गर्यौं। जस मध्ये ३ सय ७३ अनिʼयमिताका घʼटनालाई जोडदार प्रसारण गर्यौं । साना ठूला गरी ३४ जना जे: ल गए ।२ सय १३ जना ठʼगी गर्ने मेनपावर व्यवसायी सहित एजेन्ट हरु टाप ठोके । ७५ जना ठगहरु बेʼपत्ता छन् । २३ जना चेलीहरुको उʼद्धार भयो । ९२ जना अलपत्र दाजुभाइहरू स्वदेश फर्किए ।१ सय ७ जनाको डुबेको पैसा फिर्ता भयो । ९ ओटा परिवारको हराएका मानिस भेटिए । ५०  भन्दा बढी परिवारका जाली तमसुʼक  च्यातिए ,

आफ्नै  छात्रालाई आँखा लगाउने  र गलʼत नियत ले छुन खोज्ने देखि  यौ: न दुʼराचार गर्ने ३ शिक्षक जे लमा छन् ।साइबर अपʼ राध बाट पी डिʼत ७ परिवार आज चैनले बसेका छन् , १ सय बढी सामाजिक अभियन्ता यही कार्यक्रमको प्रेरʼणाले सामाजिक सहयोग गर्दै छन् । देशलाई दुःʼख पर्दा तन, मन, धन दिएर दुःʼख पर्दा हामी छौं  भन्ने अʼभियन्ताहरु विश्वभर छैरिएका छन् । पूरा हेर्नुहोस् भिडियोमा…..

प्रतिकृया दिनुहोस्