आज वैशाख ३० गते (में १२ मंगलबार) अमेरिकी डलरसहित ७ देशको विनियमदर बढेको छ । यूके पाउण्डको भाउ भने घटकेो छ । विश्वभर कोरोना भाइरसको महामा’री जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ ।
विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्र’मण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगा’यत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलर’मा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।
आज अमेरिकासहित, साउदी, कतार, मलेशिया, यूएई, कुवेत र बहराइन दिनारको भाउ बढेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४८ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७५ पैसा त’था बिक्रिदर १ सय ३१ रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७३ पैसा रहेको छ।
हेर्नुहोस् तालिका सहित
प्रतिकृया दिनुहोस्