Saturday, September 23

‘आमा गुमाʼएका जुम्ल्याहालाई पाल्छौ’, भन्दै टिकटकबाट हिट भएका जुम्ल्याहा दिपा-दमन्ता भेट्न गए । सहयोग दिँदा दुख सम्झेऽर रोए (भिडियो हेर्नुस)

May 12, 2020 2355

‘आमा गुमाएका जुम्ल्याहालाई पाल्छौ’, भन्दै टिकटकबाट हिट भएका जुम्ल्याहा दिपा-दमन्ता भेट्न गए । सहयोग दिँदा दुख सम्झेर रोए (भिडियो हेर्नुस)

रोमेछापका बाबु तामाँगले प्रेम बिवाह गरे । सबिना तामाँगलाई आफ्नो धर्मपत्नी बनाएपछि ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने यि दुई निकै खुशी थिए । त्यसैबिच सन्तानको रुपमा दुई जुम्ल्याहा छोरीहरुको जन्म हुँदा खुशी डबल भयो । तर उनीहरुको खुशी दैवले देखि सहेनन् ।

जुम्ल्याहा छोरीहरु जन्माएको ११ दिनमा आमाको मृत्यु भएपछि समस्या झनै बढ्यो । ऋण गरेर हस्पिटलको खर्च तिरेका बाबुसँग छोरीहरुलाई दुध र औषधी खुवाउने पैसा पनि भएन । काठमाडौंको बौद्धमा कोठा भाडामा बस्ने बाबु र उनका छोरीहरुको बारेमा छिमेकीले थाहा पाए र आफुले सक्ने सहयोग गरे ।

सहयोग धेरै नै आवश्यक परेपछि एक छिमेकीले कलाकार तथा समाजसेवी शिशिर भण्डारीलाई फोन गरे । शिशिर तुरुन्तै त्यहाँ पुगे र जुम्ल्याहा नानीहरुको हृदयस्पर्शी भिडियो बनाए । भिडियो भाईरल भयो । शिशिरलाई सहयोगीहरुको देश तथा बिदेशबाट फोन आउन थाल्यो ।

लकडाउनमा काठमाडौं भित्र शिशिर आफै डुलेर सहयोग उठाए । बिदेशबाट पनि सहयोगीह्रुले सहयोग जारी राखे । यसैबिच ती जुम्ल्याहाहरुलाई सहयोग गर्न टिकटकबाट भाईरल भएका जुम्ल्याहा दिदी बहिनी दिपा र दमन्ता श्रेष्ठ पुगे । आफुले सक्ने सहयोग गरे । नानीहरुलाई आफै पाल्छौ भने दिपा दमन्ता कस्सिए ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्