माघी (खिचरा) पर्वको अवसरमा पूर्वी चितवनको खैरहनीमा भएको ‘सातौं खिचरा महोत्सव’ अन्तरगत धेरै दर्शकहरु उपस्थित भएका थिए । बाल गायिका कमला घिमिरेले आज खिचरा महोत्सवमा पुगेर दर्शकलाई झुमाएकी थिइन्।
महोत्सवमा दर्शकहरुको निकै भीड लागेको थियो । चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम मनोज महतोले प्रस्तुती दिएका छन् ।
उनले थुप्रै थारु गीत र नेपाली गीतबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकको छेउमै पुगेर गीत गाउँदा दर्शकहरुले खुबै हुटिङ गरेका थिए ।
यस्तै सामाजिक सञ्जालबाट भाइरल भएकी बाल गायिका कमला घिमिरेको पनि बेजोड प्रस्तुती रहेको थियो । थारु पोषाकमै स्टेज चढेकी कमलाको प्रस्तुतीले दर्शकहरुबाट ताली र हुटिङको वर्षात भएको थियो । कमलासंग चितवनका गायक जिवी सुनारले दोहोरी गीत प्रस्तुत गरेका थिए ।
यसैगरी भोजपुरी गायक सुनिल पण्डितले समेत महोत्सवलाई झनै भव्य बनाएका थिए । उनको थुप्रै भोजपुरी गीतमा दर्शकहरु नाचेका थिए । चितवनका युवा लोकदोहोरी गायक जिवी सुनारलगायतले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै आज थारु साँस्कृतिक नृत्य, अन्य विभिन्न नृत्यहरु र फेशन शो समेत गरिएको साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए ।
( यो केही समय अघिको कार्यक्रम भएको भएता पनि मनोरञ्जनको लागि यो पुन पब्लिश गरिएको छ )
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्