काठमाडौ, सामाजिक सन्जालमा एउटा फोटो भिडियोले गर्दा चर्चित पत्रकार रबि लामिछाने फेरि बि’बा दमा तानिएका छन, विभिन्न सन्चार माध्यमहरुले लकडाउनको बेवास्ता गरेको र सामाजिक दुरि कायम नगरी भोज गरेको भन्दै समाचार प्रकाशित भएको थियो।
फोटो तथा भिडियोमा थुप्रै नेपाली चलचित्र क्षेत्रका कलाकार समेत थिए, तर कुरो उठ्यो रबि लामिछानेको! नेपालमा राम्रै छवि बनाएका रबि लामिछाने सबैको आखाको तारो हुनु नौलो कुरा होइन तर यश बिषयमा केहिले टिभिमा आफै सामाजिक दुरि कायम गरौँ भन्दै अर्ति दिने मान्छे आफै यसरी भोज भतेर गर्दै हिड्ने भन्दै चर्को आ लोचना भै रहेको छ।
सामाजिक सन्जालमा रबि लामिछाने सङ्ग जोडेर केही मिडियाले समाचार सम्प्रेषण गरेपछि रविले पनि उक्त दिनको घटनाको नालिबेली सार्बजनिक गरेका छन।
उनले सामाजिक सन्जाल फेसबुक मार्फत भनेका छन।
खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन।अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६/८ जना मात्रै भएको स्थानमा पाकेको/पकाएको खाना खाएका हौ।हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज,भतेर वा जमघट गरेका होइनौ।काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्दाले पस्केर दिएको खाना।
रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो,गल्ती चाहिँ आवश्यक दुरि कायम गरिएन।भएको चाहिँ यत्ति हो।अस्तिबाट संक्रमितको संख्या बढेपछी हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु।लकडाउनको शुरूवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो,आज बाट म त सचेत हुन्छु तपाइ पनि सजग हुनुहोस् भनेको छु।सायद जसलाई माया गरिन्छ उसै बाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन।सबै आलोचनाहरुलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार,सजग र सचेत हुने प्रयास गर्नेछु।
आजपनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म स्टुडियो भित्र थिए। काम बाट ब्रेक लिएर आजपनि साथीहरूसँगै खाना खाएको छु,तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !
प्रतिकृया दिनुहोस्