Sunday, September 24

फेरि थप ५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २५० पुग्यो

May 14, 2020 2836

थप पाँच जनामा कोरोना भाइ’रस पुष्टि भएको छ। योसँगै नेपा’लमा कोरोना संक्रमि’तको संख्या २५० पुगेको छ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो। आजै बिहान थप दुइ जनामा को’रोना भएको पुष्टि भएको थियो।

उनका अनुसार सर्लाही धाकौल नगरपालि’काका ४५ वर्षीय पुरुष धनुषा, जनकपुर नगरपा’लिका र मिथि’ला नगरपालिकाका ४० वर्षीय पुरुष, र २० वर्षीय युवती, महोत्तरी जलेश्वर नगरपा’लिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेका छन्।

यसअघि बिहीबार बिहान दुई जना संक्रमित भए’का थिए। त्यस्तै बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार बुधबार संक्रमित’मा रुपन्दे’ही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन्। त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन्।

सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ व’र्षीय पुरु’षमा कोरो’ना पुष्टि भएको हो। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्