Monday, October 2

भोली जेठ २ गते शुक्रबारको राशिफल हेर्नुहोस्

May 14, 2020 2329

मेष : लामो समयदेखि प्रतीक्षा गरि’एको काम सम्पादन हुनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकि’नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि ‘दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ।

वृष : चिताएको काममा सोचे’जस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्का’ल नपाइएला। मिहिनेत परे पनि सोचेको का”म पूरा नहुन सक्छ। सहयो”गको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भाव’ना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ।

मिथुन : नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानातिना काम र घरेलु समस्यामा अलमलि’नुपर्ने देखिन्छ। काम बिग्रने भयले सताए पनि समस्याले रहस्य प’त्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थि’तिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि आहारविहार’मा ध्यान पुर्याउनुहोला।

कर्कट : कमजोर नतिजा सच्याउन केही काम ‘दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवार’जनको साथले उत्सा’ह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज ब’नाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

सिंह : साहसी काम गरेर अरूको मन जित्न सकि’नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। प्रतिप’क्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यां’कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशै’लीमा परिवर्तन ल्याउन सक्छ।

कन्या : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकि’लो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चु’नौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशी’लताले मात्र परिस्थिति’लाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्।

तुला : नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआ’र्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।परिवा’रमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइ’एला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम’ बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ।

वृश्चिक : नयाँ काम प्रारम्भ गर्ने समय छ। मेहनत’ले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्प’र्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयो’गीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

धनु : बोलीको गलत अर्थ लाग्ने र मान–सम्मान’मा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्र’तिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। श्रम परे पनि सोचेको मूल्य प्रा’प्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।

मकर : प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन’ सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयो’गीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखा”रता आउनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि सम’स्या निम्त्याउनेछ।

कुम्भ : छर–छिमेकमा असम’झदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लग’नशीलताले लक्ष्यमा’ पुर्याउनेछ।खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्ना’बाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यव’हारमा पछि परिएला।

मीन : प्रतीक्षित नतिजा’ले उत्साह जगाउनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनु’पर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ’।विभिन्न भौति’क साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयो’गबाट मनग्गे लाभ हुनेछ।

तपाईंको दिन सुभ रहोस्।।

प्रतिकृया दिनुहोस्