Saturday, September 23

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

February 13, 2020 2590

काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुले.न्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् ।

‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापद,ण्डअनुसार सञ्चालनसमेत भएका छैनन् ।

सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् ।

के–के हुनुपर्छ ‘क’ वर्गको एम्बुलेन्समा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशका २०७३ मा ‘क’ वर्गको एम्बुलेन्समा हुनुपर्ने क्षमता, सुविधा र भूमिकालाई यसरी उल्लेख गरिएको छ ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा– ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ—बायाँको भाग हरियो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीको हुनुपर्छ । यस्तै विदेशी सरकार वा दातृ निकायले सहयोगस्वरूप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गर्ने एम्बुलेन्स ‘क’ अथवा ‘ख’ वर्गको हुनुपर्नेछ ।

यस्तै ‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्दछ । ‘क’ वर्गको एम्बुलेन्समा चालकले स्वास्थ्यसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्दछ । यस्तै ब्लडप्रेसर चेक गर्ने मेसिन, स्टेथोस्कोप, टर्चलाइट, १८ महिना चिकित्सासम्बन्धी तालिम लिएको कर्मचारी हुनुपर्ने छ ।

‘ख’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधाहरू

‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्ने छ । सुविधाको हिसाबमा ‘ख’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण, जनशक्ति हुनुपर्दछ ।

‘ग’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधा

‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय सम,न्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको । तर आर्थिक वर्ष २०७३÷०७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा आर्थिक वर्ष ३०७८÷०७९ सम्मको अवधिका लागि सेतो रङ्ग हुन सक्नेछ भनेर उल्लेख गरिएको छ ।

सेवाको हिसाबमा ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, बी.पी. चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्यसम्बन्धी बेसिक तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधिको पनि व्यवस्था हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्