पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुव’न क्याम्पसका प्रमुख मनोजधर दुवे क्वारेन्टाइनमा बस्न अटेरी गर्दै आएका छन्। ३ दिनअघि भारतबाट आएका उनी आफ्नै क्याम्पसको क्वारेन्टाइ’नमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै अडान लिएका हुन्।
दुई दिनअघि सोही क्याम्पसको क्वारेन्टाइ’नमा बसेका एक जनामा कोरोना पुष्टि भएको थियो। क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने जनाएपछि क्याम्पस प्रमुख बाहिर हिँडडुल गर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्। गाउँपालिकाले सोही क्याम्पस’मा क्वारेन्टाइन बनाएको छ। क्वारेन्टाइन स्थलदे’खि केही पर रहेको भवनमा उनी बस्दै आए’का छन्।
भारतबाट आएको जानकारी पाएपछि प्रशासन’ले उनलाई क्वारेन्टाइनमा लैजान लागेको थियो। तर राज’नीतिक दबाबले उनलाई त्यसै छाडिएको स्थानीयले बताएका छन्। राजनीतिक दबाबपछि प्रशासनले समेत उनलाई क्वारेन्टाइनमा लैजान वास्ता नगरेको स्थानीय’को भनाई छ।
भारतबाट आउने सबैलाई होम क्वारेन्टाइ’नमा नभई संस्थागतमा राख्दै आए पनि राजनीतिक दबाबले उनलाई छुट्टै राख्दा स्थानीयले त्यसको बिरोध गरेका छन्। क्वारेन्टाइन’मा रहेको स्वास्थ्य टोलीले आउने बित्तिकै उनको नाम समावेश गरेको थियो। तर डेरामै बस्ने अडान लिएपछि सुरक्षा दिन नसक्ने भन्दै प्रशासनले नाम हटाउन ल’गाएको क्वारेन्टाइ’नका स्वास्थ्य इन्चार्ज क्रषि चौधरीले बताए।
भारतबाट आउने जो कोही पनि घरमा नभई संस्था’गत क्वारेन्टाइनमा बस्नु पर्ने प्रमुख जिल्ला अधि’कारी बासुदेव दाहालले बताए। क्याम्पस प्रमुखले क्वारेन्टाइन”मा बस्न अटेरी गर्दै आएको र लकडा’उन उल्लघंन गरेको आरोपमा कारबाही हुने प्रजिअ दाहाल’ले बताए। ‘क्वारेन्टाइन नजिकै डेरा भएपनि बस्न पाइँदैन।
स्थानीय तहले व्यवस्था’पन गरेको क्वारेन्टाइ’नमा बस्नुपर्छ। क्याम्पसको क्वारेन्टाइ’नमा नबसे गलहत्ताएर भारतमै पठाउनु भनेर प्रहरीलाई निर्देशन दिइएको छ’ प्रजिअ दाहालले भने। क्वारेन्टा’इनमा हाल ५२ जना स्वास्थ्यकर्मीको निगरानीमा छन्। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्