आँचलले लेखिन् आलोच’कलाई मन रुवाउने पत्र….
आँचल शर्मा
चुपचाप थिएँ म, आज बोल्न मन लाग्यो ।
आँचलको मनमा भएको के’हि कुरा खोल्न मन ‘लाग्यो ।
जसलाई प्रेम गरि उसैसँग लग’न गाठो कसिन
केही छ र उनको गल्ती !
तर पनि उनकै बारेमा भैरहेछ
आलोचना र ट्रोल बग्रन्ती।
मौन छ उनको मन ,खुसी साथ बितिर’हेको देखिन्छ जीवन!
अग्नि स्वभावको आँचल’को कोमल मनको कुनै कुनामा सायद भन्नुपर्ने धरै कुरा लुकेर बसेका छन्।
आज तिनै कुराहरू उजागर गर्न मन लाग्यो ।एक्कै’छिन आँचल बनेर मनका भावनाहरु पोख्न मन लाग्यो । मलाई माया गर्ने घृणा गर्ने सबैलाई मेरो मन मुटुदे’खिको माया ! तपाईंहरू हुनुहुन्छ र “आँचल शर्मा” को नामले परिचीत छु। कहिले ताली ,कहिले गाली स्वभाबिकै हो। जे होस् माया मार्नुभएकोे छैन र त चल’चित्रहरु पाइरहेको छु।
मैले नित्य र अभिनय गरेका मिउजिक भिडि’योहरु मन पराइदिनुहुन्छ र त भ्याइ नभ्याइ म्युजिक भिडियोहरु गरिरहेकोछु। चार बर्ष अघि किशोर अवस्थामा रमाइर’हेकी एउटा किशोरीले नायकाको परिच’य पाउनुमा तपाइहरुकै ठूलो देन छ।
मेरो परिचयपत्रमा धेर थोर किन न’होस् यहाँहरुको समय र पैसाको लगानी छ।
त्यसैले त मैले आफ्नो बाटो बिराउदा बोल्न सम्झा’उने तपाईंहरुलाई छुट छ। किनकि म धरैको छोरि वा बहिनी थोरैको दिदी होला । आलोकाचो उमेरमा गरेका कतिप’ए निर्णयह’रु सबै सहिनै हुन्छन्न भन्ने छैन। यद्यपि हरेक निर्णयले आफ्नो उमेरभन्दा परिपक्व हुने कोशिस चाइ गरिरहेकै हुन्छु । बिहे’को निर्णय पनि त्यसको प्रतिफल हो साचै भन्ने हो भने !
म नायिका बन्छु ,अहिले जस्तो चर्चित हुन्छु भन्ने मलाइ तीन बर्ष सम्म थिदै थिएन । करिब चार बर्ष अघि’को चलचित्र “नाइ न भन्नु ल चार” मा छानिदै गर्दा पनि यति छिट्टै यति धेरै चलचित्रको अफर आउला म्युजिक भिडि’यो को अफर आउ’ला भन्ने फिट्टिक्कै लागेको थिएन ।
मिस +२ हुँदै गर्दा नै सुन्ने गर्थेँ । मोडलह’रुले नायिका बन्न गरेको सङ्घर्षका कथा त्यसैले मलाई रङ्गिन दुनिया भन्दा सामाजिक सेवा नै उत्तम लाग्थ्यो। सोही बिषय सँग नजिक रहेर अध्ययन गरें केही अनुभव पनि बटुलें ।अनि कुनै अन्तरास्ट्रिय गैरसर’कारी सस्थाले गर्ने सामाजिक कामहरुमा आ’बद्द भएर समाज सेवा सङ्गै दाम कमाउछु भन्ने सोच राखेकी थिएँ। तर सोचे जस्तो किन हुन्थ्यो र जीवन यद्यपि म जुन बाटोमा अहिले हिडिर’हेको छु ,त्यसमा म झनै खुसी छु।
किनकि आफुले सोचेको भन्दा फरक गन्तव्यमा यात्रा गर्दा केही दु:ख त होला तर छुट्टै आनन्द भने मिल्दो र’हेछ। केहि मेरो कर्मको फल अनि केही चैं मेरो भाग्यको खेल भन्नपर्छ।
छोटो भुमिका नै किन नहोस् मैले गतिलो ब्यानर’सँग काम गर्ने मौका पाएँ त्यो भन्दा ठूलो कुरा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर थुप्रै युवा युवतीको ढुक्ढुकी बनिसक्नु भए’को “पल “जि सँग जोडि भएर देखिन पाएँ । “पल ” जि लाई (म्युजिक भिडियो)हरुमा मनपराईसक्नु भएको थियो। मन परेको मान्छेको जोडिको रुपमा देखिएको मलाई पनि उत्तिकै मन परा’ईदिनुभयो।
यसले मेरो करिएरलाई माथी उठाउन राम्रै सहयोग गर्यो हाम्रो क्यामेस्ट्री तपाईहरुले मनपराई’दिनु भएकाले नै “नाई नभन्नु ल ४ ” पछि लगत्तै “जोनि जेन्टलम्यान ” पनि पल जिसँगै काम गर्ने अबसर पाएँ । त्यसपछी सुरु भयो हाम्रो नभएको प्रेमबारे गसिब। सायद मेरो वा “पल” जि को चाहना बिपरित यहाँह’रुकै इच्छालाई बुझेर यस्ता समाचार बनेको हुनुपर्छ ।
सुरुवातमा यस्ता समाचारले मलाइ निकै अय्या’उथ्यो किनकि मैले परिवारसग बाचा गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेको थिए । मैले बुबाआमालाइ भनेको थिए म तपाईंहरू’को ईमानलाई सधै उच्च बनाउने मात्र काम गर्नेछु। तर चलचित्र क्षेत्रमा प्रवेश गरेको केही महिनामै नभएको प्रेमबारे समा’चार देख्दा मिडियासँग मन भाँडिएको थियो ।
भित्र भित्रै परिवार र आफन्तले के भन्ला’न् भनेर पिर चिन्ता बढेको थियोे । मिडियाले नभएको कुरापनी लेख्दा रहेछन् र त्यसलाई गसिब भनिदो रहेछ ।मैले त्यसपछी मात्र भुझेको हु। भाग्यबस भन्नुपर्छ मेरो चिन्तालाई मेरो बुबाले दुर गरिदिनुभयो। उहाले यस्तो समाचार आए’पछी भन्नुभयो “बल्ल तिमि सेलिब्र’टी भएछौ।”
परिवारले म प्रति गरेको बिश्वास मापन गर्ने आधार थियोे, त्यो, जुन सबैको अभिभावकमा हुदैन । गाँइगुइ हल्ला सुनेकै भारमा थुप्रै किशोरीले नाक काटिस इज्जत माटोमा मि’लाइ दिईस् भनेर बचन सगै आबेग मानसिक ट्र्चर खेप्नुपर्छ । जुन मैले परेन त्यसैले त म भन्छु म जुन उचाइमा छु त्यसमा कर्मको फलसगै भाग्यको खेलले पनि ठुलो योगदान पुर्याएको छ।
पलजी मेरो लागि लक्की मान्छे हुनुहुन्छ । कहिलेकाहीँ आफैलाई प्रस्न गर्छु पहिलो चल’चित्रमा मेरो जोडी अरु ‘नै कोही भएको भए म यो ठाउमा हुन्थे होला त! त्यसैले मेरो करिअर को लुक्की मान्छेसँग नाम जोडीदा चुपचाप बसें। अन्तरबार्तामा पत्रका’रले सोध्दा यथार्थ कुरा भनिरहे ।
मैले मात्र होइन पल जिले पनि हाम्रो प्रेम सम्बन्ध’बारे जतिनै दबाबपुर्ण प्रस्न आए पनि कहिल्यै स्वीकार गर्नुभएको छैन । हुदै नभएको कुरा स्वीकार गर्ने कुरा पनि त आएन? यध’पी सधै फ्रेममा किन सगै भन्ने प्रस्न आउँछ भनेर मैले पलजिबिना “ब्लाक” फिल्ममा काम गरेँ। पलजिले पनि “म यस्तो गीत गाउँछु “मा म बिना अभिनय गर्नुभयो ।
चलचित्र “दाल भात तरकारी” मा अभिनय गर्दा ताकानै “उदिप” जि सँग मेरो सम्बन्ध सुरु भइसकेको थियोे । तर पनि पलजिसगको प्रेम सम्बन्धको प्रस्नले छोडेन मैले राम्रो सग बुझे’कि छु तपाईंहरुको चाहाना ,तन्नेरी मन त हो ,तपाईंहरूको चाहना पुरा गरि दिउ जस्तो पनि बेला बखत नलागेको होईन । हामि’बिच एक्दमै निकट सम्बन्ध थियोे र छ ।
तर प्रेमको होइन असल साथी वा भनौ पा’रिवारिक पाराको स्वतन्त्र थियोे ।हाम्रो सम्बन्ध भावनात्मक नादान उस्तै बलियो त्यसलाई प्रेमको बन्धन’मा राख्न चाहिँन यो मामि’लामा अधि सर्न पनि खोजिँन। पलजिले पनि त्यस्तै सोच्नुभयो होला ।
अनि आयो माया प्रेमको कुरा जसरी तपाईंहरूले पलजीलाई गर्नुहुन्छ त्यसरिनै पलजी प्रति मेरो असीमित माया छ । पर्दामा देखियोको भरमा त तपाईंहरूलाई पल’जिको यति धेरै माया र स्नेह छ भने मैले झन् उहालाइ नजिकबाट चिनेको छु ।बुझेको छु मेरो सफलतामा तपाईंह’रू सगै पलजिको पनि साथ छ।
त्यस्ता ब्याक्तित्वप्रती माया नहुन म ढुङगे मन भए’को मान्छे पनि त हैन? जसरी म मेरो परिवारलाई माया गर्छु उहाँलाई पनि त्यसरिनै हेर्नेछु।उहाको कलकारिता र योगदानको कदर गर्छु। तपाईंहरूले सोचेको माया प्रेम र बिहे’ पलजि सग भएन यध’पी पहिलो भेडदेखि अहिलेसम्म जुन रूपमा माया गरेको छु त्यो यथावत नै राख्नेछु ।
मेरो मनमा यस्ता कुरा आइरहदा पलजि को मानमा के छ कुन्नी त्यो मलाई थाहा हुने कुरा भएन । आशा गरौ उहा’ले सकारात्मक सोच्नु भएको हुनुपर्छ । देखेको हैन लेखेको पाइन्छ भन्ने उखान मैले पनि बच्चैबाट सुन्दै आएको हो।त्यसै’ले उदीप जिको हातले मेरो सिउदो भरिन लेखेको रहेछ । मैले उदिपजिलाई भेट्टाए।असल साथि प्रेमी प्रेमिका हुँदै एक बर्षमा हाम्रो सम्बन्ध श्री’मान ,श्रीमतीमा परिणत भयो ।
यो सम्बन्धलाई बिहेको रुप दिन म भन्दा उदीप’जी नै अग्रसर हुनुहुन्थ्यो ।प्राय: माया पिरति’को कुरामा केटी मान्छे अघि बड्न चाहदैन। मैले पनि चाहिँन । एउटा बिन्दुमा आएपछि उदिपजिले प्रस्ताव राख्नुभयो। जुन समयमा उहाँको बानी ब्याबहार देखि बिगतलाई राम्रोसँग केलाएँ र विश्लेषण गरि’वरि उहाँप्रती सकारात्मक भइसकेको थिएँ ।
बिहे गर्नु अघि केटा मान्छे भन्दा केटि’हरुनै बेसि सोच्छन्न जस्तो मलाई लाग्यो ।बिहेको निर्णयमा पुग्नुअघी मैले पनि धरै सोचे। मेरो मनले मलाई नै भन्यो कमजोरी नभएको मान्छे यो सन्सारमै हुदैन ।केटो समजदार छन्, दृष्टिमा सुन्दर छन्,माँ’या गर्छन् मैले भनेको मान्छन् ।
एउटा केटीले आफ्नो पतिमा यति गुण भेटेपछि अरु के खोजि रहनु ? त्यसैले उहाँको प्रेम प्रस्ताव बिहे प्रस्ताव दुबै सहजै स्वीकार गरे ।मैले उदीपजि सँगको सम्बन्धबारे बिहे हुनुभन्दा करि’ब छ महीना अधि सर्बजनिक गरेको थिए ।
माहोल ठिकै थियोे ।सुबेत्सुकहरुको सुभका’मना पाइरहेको थिए ।तर छ महिनामा उहाँबारे थुप्रै खोज र अनुसन्धान गरिएछ। तेईस बर्ष बिताएको घर छोडेर नयाँ घरमा भित्रिदै गर्दा बाहिर जति नै खुशी र सुखी देखिए पनि भित्र मनको एउटा कुना गरु’ङ्गो भइरहेको थियोे ।
त्यसमाथि थपिए आलोचनाका शब्दहरु “धनको पछि लागी ,आफुभन्दा बूढो केटासँग बिहे गरि, पललाई धोका दिई ,पैसाको तुजुक देखाई ,सोह्र लाखको लेहेङगा, हेलिकप्टरको सवारी कसलाई देखाको यस्तो नौडन्की ?? “यतिले नपुगेर उदीप’जि बारे गरिएको अनुसन्धान थेसस् जुन हाम्रो लागी नौलो थिएन ।
मैले यी आलोचनाबारे “ऋषि धमला “सर सँगको अन्तरबा’र्तामा पनि धेरै कुरा बताइसकेको छु।धनकै पछि लाग्नेभए करिब चार बर्षको फिल्मी करियरमा अझै धेरै धन कमाएकाहरु पनि भेटें होला ।कतिले ग्रीन सिग्नल पनि दिए होला ।अरुले धनका’ लागि के गर्छन् र गरे यहाँहरु बढी नै जनकार हुनुहुन्छ ।
धनी केटा पट्याएर हुकुमदाम भएर बस्ने मेरो रहर होइन।मैले त मन भएको मान्छे भनेर उदिपजि लाई मन पराएको हुँ । उहाँसँग अलि अलि धन पनि रहेछ। म रुँदा रुने र अनि हाँस्दा हाँस्ने तपाईंहरूलाई उदिप जिको धनले नै दुखी बनाएर आलोच’नाका शब्द खर्चिनु भएको हो त? उहाँ जस्तोसुकै भए पनि मलाई मन पर्यो।
एक पटक सोच्नुस् त सबैको रोजा’ई एउटै भयो भने तपाईंले नराम्रो भनेको मान्छे चाहिँ सधै कुमार वा बुढी कन्या बसिरहने ? यस्तै समस्या हुन्छ भनेर सायद भगवानले मानिसै बिच्छे स्वाभब दृष्टिकोण र सोचाइ पनि फरक दिएको होला ।
अब कुरा गरौं मलाई लागेको धोखे’बाजको ट्यागको ,पलजि बारे धेरै कुरा गर्नुछ।कहिलेकाही सोच्छु पलजी मेरा बिहेमा आउनुभएको भए? शुभकामना दिएर खुशी साटा’साट गर्नुभएको भए ?हामीलाई मन पराउने शुभचिन्तकहरुले के भन्नु हुन्थ्यो होला? अहिले जति म माथी आलोचनाको झटारो भएको छ त्योसो हुन्थ्यो कि हुदैनथ्यो होला ? तर के गर्नु यि सबै बिगत बनिसके ।
पलजी सँग पारिवारिक सम्बन्ध भएकाले परिवारसहित आउन चुले निम्तो गरेको थिए ।बेहुली हु,बेस्तता हुने नै भयो ।निम्तो मेरै हातले दिएर जसरी नै आउनुपर्छ भन्ने मन थियो ।तर कहिले दिल्ली कहिले नेपाल गर्दा गर्दै फुर्सद भएन। उहाँ बिहेमा आउनुहुन्छ भन्ने कुरामा म ढुक्क थिए ।त्यसैले फोन गरेर बोलाइरहन अवश्यक ठानीन।
जब उहाँ मुक्तिनाथ यात्रामा निष्कानु भए’को थाहा पाएँ, तब भने मन अलिकति चिसो भयो ।एकमनले सोच्यो मुक्तिनाथ यात्रा तए गर्न त जुनसुकै समयमा पनि सकिन्थ्यो ।बिहे भन्ने कुरा त जिवनमा एक पटक हुने हो । अनि अर्को मनले सोच्यो,कोरोनाले फिल्म सरेको मैका फिल्मको टिम मुक्तिनाथ जानेभएप’छि हार्न नसकेपछि पो जानुभयो कि!
उहानै नआएपछि परिवार मात्रै मेरो बिहेमा आउनेकुरा पनि त भएन ।यस्तै सकारात्मक सोच राखेर मन बुझा’एको थिए ।मैले त मन बुझाए उहाँलाई माया गर्ने करोडौंको मन मुटु बुझाउन मैले कसरी सकुँ उहाँहरुको मन बुझाउन सायद पल’जिले मात्र सक्नुहुन्छ।कि यहाहरुले पलजी सग हुन नसकेको बिहेलाई कुनै एउटा फिल्मको कथा सम्झेर बिर्सन सक्नुपर्यो ।
मैले उदिपजिलाई रोज्नु ,पलजी बिहे’मा नआउनु ,अनि हाम्रो बिहेलाई विशेष बनाउन उदिपजिले गर्नुभएको खर्च ? ती कुनै कुरा मन नपराउनेहरु मसँग बिच्किनु भयो ।आफ्नो परिचय लुकाई मलाई मुखभरिको गाली दिनुभयो । तपाईंहरुको तालिले यहाँंसम्म आइपुगेको मलाइ गालीले मनको भित्री पाटोमा गोलीको छर्रा छर्रा जस्तो पोल्ने गर्छन् ।
तर सहनुको विकल्प म सँग के नै छ र ।एउटा महिला भएपछि यस्ता बचनका तिरहरुले पल -पलमा घोज्दा रहेछन् ।आफुले प्रेम गरेको मान्छे पनि ओइलिएको फूल भन्दै छि -छि र दूर- दूर गर्दा रहेछन् ।आफुले माया गरेको मान्छे पाएको छेड’लाई अविस्मरणीय बनाउन इमानदारीता पुर्बक कामाएका धन ,ट्याक्स र भ्याट तिरेर खर्च गर्दा पनि आपत्ति जनाउने हुदारहेछन्।
पुरुषहरुले बुझेनन् एउटा महिलाको खुशी तर राजकुमारी बन्ने सपना देख्ने नारीहरुले पनि कहिलेकाही नारिहरुकै पिडा नबुझ्दा रहेछन् ।जे होस् बिहे भयो अविस्मरणीय रह्यो। फिल्म करियरमा धरै सङघर्ष र पि’डा सहनुपरेको थिए।त्यो पिडाको धरै अंश अनुभव गर्न पनि पाइयो ।अन्त्यमा तपाईंका शब्दले मेरो मन चसक्क बनाउला तर घर भत्काउन सक्दैन ।
किनकि म भन्दा बलियो छ मेरो घर अनि परिवार ।बरु सकारात्मक सोचिदिनु भयो भने मेरो घर त बलियो हुन्छ नै ।अरु नारिहरुलाइ पनि उर्जा सम्मान र प्रेरणा’ दिने छ। मलाई माया गर्ने घृणा गर्ने सबैलाई म प्रति सकारात्मक सोच राखिदिनुहुन अनुरोध गर्दछु ।
यो पोस्ट आँचल शर्माको आधिकारिक पेज मार्फत शेयर गरिएको छ ।।
प्रतिकृया दिनुहोस्