मोरङको रतुमाई नगर’पालिका वडा नम्बर–१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घर पुग्ने जो कोहि आश्चर्य चकित पर्ने गरेका छन् । त्यो बेला देखीको काठ’को मनोमोह’क घर मात्र हैन,घर भित्र छिर्दा बिभिन्न कम्ता रमाईलो हुँदैन् ।
इटहराको भौडा’हा चोकबाट झण्डै २ किलोमि’टर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आस’पासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारी’ले सौन्दर्य प्रदान गरेको छ ।
काठै काठले बनाएको घर २ तलाको छ । यो घर’को तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवा’रलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतीविधि गर्ने भए’कोले माथिल्लो तलालाई खा’ली नै राखि’एको छ । त्यहा मदन भण्डारी लुक्ने थलो पनि छ ।
मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्नुहुन्थ्यो । तर २०४७ सालपछि मदन यता फर्किनु’भएन । २०५० सालसम्म यही ठाउँमा मदन भण्डा’रीका बुबाआ’मासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधन’सँगै परिवारले यो ठाउँ छाड्यो । त्यस’पछि यहाँको चहलपहल नै हराउँदै गयो ।
मदन भण्डारीले २०२४ सालमा क्षतविक्ष’त अवस्थामा पु’गेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची काली’सम्म र्पुयाउने काम यही इटहराको सातमेडी’बाट गरेको उहाँलाई नजिकै’बाट नियाले’काहरु बताउँछन् ।राष्ट्रपतिको रुपमा रहनु’भएकी मदन भण्डारी’की धर्मपत्नी विद्या भण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ ।
भिडियोमा हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्