Monday, January 18

२४ घण्टा पछि’मात्र पत्ता लाग्यो वास्तविक कोरोना संक्रमित’

May 16, 2020 517

दाङका एक जना कोरोना संक्रमित’को रिपोर्ट सार्वजनि’क भएको झण्डै २० घण्टापछि पहिचान भएको छ। स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचना सार्व’जनिक गरेपछि दाङमा कोरोना संक्रमि’त एक जना विरामी खोज्ज सकस भएको थियो।

शुक्रवार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुल’सीपुर उपमहानगरपालिका-७ मा वि’रामी नभेटिए पछि विभिन्न अड्कल बाजीसमेत गरिएको थियो। श’निवार दिउँसो दाङ तुलसीपुरका कोरोना संक्रमितको वास्तविक पहिचान भएको हो।

उनी तुलसीपुर उपमहानगरपालिका-४ रक्षा’चौर मजवा’रका रहेको पुष्टी भएको छ। ३४ वर्षका उनी अर्को एक जना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराज’गञ्जमा पुगेका थिए। विरा’मी कुरुवाको रुपमा रहेको उनलाई पिसिआर परिक्षण गरिए’को थियो।

परिक्षण कोरोना पोजे’टिभ देखि_एको हो। उनको अहिले टिचिङ अस्पतालमै आइसोलेसन वार्डमा उपचार भइरहे’को कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिए।

पोजेटिभ नतिजा सार्व’जनिक भइसके पनि झण्डै २४ घण्टा दाङका तुलसीपुर क्षेत्र त्र’सित बनेको थियो। दाङ’का यो सहित तीन जनामा कोरोना संक्रमण भेटिएको छ।

गढवा गाउँपालिका का दुइ जना र तुलसी’पुरको एक जना संक्रमित भएका छन। गढवाको दुई जना’को कोरोना विशेष अस्पता’लमा उपचार भइरहेको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्