Tuesday, March 28

विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले अब धमाधम नेपाल फर्काउने

May 17, 2020 3814

सरकार’ले विदेशमा अलपत्र नेपालीलाई प्राथमिक’ताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारे’न्टाइन्ससम्म पुर्‍याउ’ने गाडी ब्यवस्था गर्ने’लगायतका तयारी अन्तिम चर’णमा पुगेको छ। यसको औप’चारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख’रेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ।

विदेशमा अलप’त्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकार’लाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उ’नीहरुलाई फिर्ता ल्याउन बाध्य भएको हो।

सर्वाेच्च अदालत, संघीय संसद्का’ दुवै सदन तथा संसदीय समितिले पनि अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिइसकेको छन्।प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली’ले खाडी मुलुकमा पालै–पालो टेलिफोन गरी त्यहाँका नेपालीला’ई ब्यवस्था’पन गर्न आग्रह गरे पनि त्य’सको प्रभाव नपरेको भन्दै त्यहाँका नेपालीको पीडा सार्वज’निक हुने क्रम नरोकि’एपछि सरकार उद्दारका लागि अघि बढेको हो।

खाडी मुलुक र मलेसि’याले बिना भिसाका र कामबाट बिदा भएर अलपत्र नेपालीलाई घर फ’र्काउन लागेपछि उनीहरुलाई स्व’देश ल्याउन सरकार बाध्य भएको हो।

कुवेत, मलेसिया, युनाईटेड अर’ब इमिरेट्स (युएई) मा बिना भिसा काम गरेका नेपालीलाई सरकारले तत्काल फिर्ता ल्याउनु पर्ने बाध्यता छ। त्यस्तै बंगलादेश र साइप्रसमा अध्ययनका लागि गएका नेपाली र अन्य मुलुकमा काम’का लागि गएर उतै अड्के’का नेपालीला’ई फिर्ता ल्याउनु पर्ने अवस्था छ। स्वदेश ल्याइएपछि उनी’हरुलाई निश्चित अवधि क्वरेन्टाइनमा राखेर घर जान दिइने छ।

परराष्ट्रमन्त्री ज्ञवा’लीले कति नेपाली’लाई फिर्ता ल्याउने तथ्यांक तय भइसकेकोले अब विस्तारै ल्या’उनेतर्फ सरकार उन्मुख रहेको बताए। ‘प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका,, बिना भिसालगायतका’लाई प्राथमिकता छुट्याएर ल्याउने छौं’, परराष्ट्रमन्त्री ज्ञवा’लीले अन्नपूर्णसँग भने, ‘कतिपय मुलुक’ले ल्याइदिने भनेका छन्। एक दुई दिनमा सबै तयारी पूरा भइ फ’र्कने प्रक्रिया अघि बढ्नेछ।’

परराष्ट्र मन्त्राल’यले तत्काल दुई लाख २५ हजार नेपाली फर्काउन पर्ने भने पनि उच्च प्राथमिकतामा रहेकालाई फर्का’उँदा अहिले नै त्यो अवस्था नआउने दूतावास’हरुको सुझाव छ।

कोभिड–१९ को महामारी लम्बिए त्यो भन्दा बढी संख्याका नेपाली फर्कनेछन्। कुवेत’बाट तीन हजार पाच सय, मलेसिया र युएईबाट ६÷६ हजार र अन्य सबैबाट मिलाएर ५ हजार जति फिर्ता गरे अहिलेको समस्या समाधान हुने सुझाव दूतावा’सले दिएका छन्।

करिब १५ हजार नेपालीलाई दैनिक हजारको दरले ल्या’उने प्रक्रिया अघि बढाउन सके अन्य नेपाली उडान खुलेपछि फर्कने आधार दूतावासहरुले दिएको परराष्ट्र अधि’कारीले जानकारी दिए।

‘हामीले तत्काल निकै समस्यामा परेका’लाई फिर्ता पठाउन खोजेका हौं। यहाँ काम गरिरहेका र यहाँ’को सरकारले हेर्ने सम्मकालाई अहिले फर्काउने भनेका छैनौं’, एक राजदूतले परराष्ट्र’लाई पठाएको सु’झावमा भनेका छन्, ‘अहिले नै ठूलो संख्यामा फर्कंदैनन्।

नियमित बिदा गएकाहरु बिदा रद्द गरी काममा फर्केका छन्। कतिपय स्थानमा विस्तारै लकडाउन खुकुलो हुँदै गए’को छ। समस्या’मा परेकालाई भने तत्काल सरका’रले उद्धार गर्नैपर्छ।’ कुवेत सरकारले बिना भिसाका नेपालीलाई फर्काउन हतारो गरिसकेको छ भने यु’एई र मलेसियाको पनि उस्तै ताकेता छ।

नेपालको जीडी’पीमा २७ प्रतिश’त भन्दा बढी योगदान वैदेशिक रोजगारीमा जानेबाट छ। तर उनीहरुको समस्यामा सरकार मौन बसेको देखिन नहुने भन्दै सामाजिक स’ञ्जाल भरिन थालेपछि सरका’र फिर्ता प्रक्रियामा लागेको हो।

खाडी राष्ट्र तथा मलेसि’यामा १५ लाख भन्दा बढी नेपाली छन्। उपचार गर्न गएका र घुम्न गए’का नेपाली पनि अन्तर्राष्ट्रिय उडान नहुँदा अन्यौलमा छन्। विश्वका दुईसय भन्दा बढी मुलुकमा नेपा’ली छन्। अधि’कांश नेपाली युवा मलेसि’या, कतार, साउदी अरब, युएई, कुवेत, बरहराइन, ओमन, लेबनन, इजरा’यल, अफगानिस्तान, जापान, दक्षिणकोरिया लगायतमा बस्छन्।

कोरोना संक्रमित मुलुक’सहित सबैतर्फबाट नेपाली’लाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइन र प्राथमिकता’को आधारमा काम गरिरहेको मन्त्री ज्ञवाली’ले स्पष्ट पारे।

नेपाली’लाई स्वदेश ल्या’उनु पर्ने अवस्था बनेपछि ब्यवस्थापन’का लागि अर्थ, उद्योग, श्रम, स्वास्थ्य’ र पर्यटन मन्त्रालयले तयारी थाले’का थिए। ‘हामी सुरक्षित रूप’मा ल्याएर उनीहरूलाई क्वारेन्टा’इनमा राखेर गाउँसम्म पु‍र्‍याउने गरी ब्यवस्थाप’नमा लागेको छौं,’ मन्त्री ज्ञवालीले भने। – यो खबर चद्रशेखर अधिकारिले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।।

प्रतिकृया दिनुहोस्