Sunday, December 5

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक’को संख्या २ पुग्यो

May 17, 2020 1127

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रम’णबाट मृ’त्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवको’टाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृ’त्यु भएको हो ।

मृतक युवक वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइ’तबार बि’हान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनको स्वाब परीक्षणको रिपोर्ट पोजि’टिभ आएको छ । ‘यसबारे थप विवरण आउन बाँकी छ । अहिले’लाई हाम्रो देशमा दुईवटा निध’न कोभिड–१९ कै का’रण भएको पुष्टि भएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भने ।

बाँकेको नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसे’का दुई सय ६३ जनाको स्वाब शनिबार संकलन गरिएको थियो । मृतकका आफन्तले समयमै अस्पताल पुर्याउन नस’क्दा उनको मृ’त्यु भएको ब’ताएका छन् ।

कोरोनाकै कारण नरैनापुरमा युवकको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ नेपाली सेना’लाईसमेत सुरक्षामा खटाइएको छ । उन’को श’वसमेत अहिले क्वारेन्टाइनमै रहेको छ । शव व्यवस्थापनकाे विषयमा छलफल भइरहेको बताइएको छ ।

गत बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्या’न गुमाएकी सिन्धुपाल्चाेक’की सुत्केरीको कोरोनाका कारण ज्या’न गएको शनिबार मन्त्रालयले पुष्टि गरेको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमि’तको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ। ३६ जना भने निको भएका छन् । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्