मेष : सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि लगानी बढा’उने अवसर प्राप्त हुनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न’ सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
बृष : हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचा’रले प्रभावित तुल्याउन सक्छ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यां’कन भए पनि प्रतिफलका लागि समय’ पर्खनुपर्नेछ। आँटेको काम’को लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ।
मिथुन : बिहान अरूका काममा जुट्नु’परे पनि पछि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तारिफयोग्य काम गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ। विशिष्ट व्यक्तिह’रूसँग मित्रता बढ्नेछ। पारिवारिक सह’योग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकह’रूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कर्कट : परोपकार र धार्मिक क्षेत्रमा लगा’नी गरेमा अझ राम्रो हुनेछ । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा भने न्यून ला’भांश देखा पर्नेछ। आयआर्जनका सामान्य स्रोत फेला पर्नेछन्। तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। रोकिएका काम सम्पादन हुनेछन् । लगनशील’ताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्या’उनुपरे पनि मिहिनेतले सम्मा’नित स्थान दिला’उनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
सिंह : सम्भावना देखिए पनि न्यून उप’लब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तापनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षे’त्रमा प्रभुत्व जमाउँदै’ दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिह’रूसँग प्रतिस्प’र्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
कन्या : प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुने’छ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्त’रदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार ‘चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वय’नमा आफ्नैले बाधा पुर्यासउन सक्छन्।
तुला : नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसाय’मा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसर’का लागि कडा परि’श्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक : आर्थिक पक्ष सुदृढ बन्नेछ । न्या’यिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । हल्ला’को पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले ‘परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकि’नेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।
धनु : अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टा’ढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
मकर : पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्सा’ह र उमङ्ग प्राप्त’ हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सह’योगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ : समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। आवेशको निर्णयले ‘समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। काम पूर्ण नभए पनि प्र’यत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोली’को विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चु’नौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्म’विश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
मीन : पढाइको ‘लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मि’त्रताको बन्धन क’सिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। इच्छा’शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। अध्ययन’का लागि भ्रमण’को मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ ।
प्रतिकृया दिनुहोस्