Friday, June 9

सागर लम्साल बलेका बुवा तथा लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो

March 17, 2023 1128

लोकगायक राजेन्द्र लम्सालको पार्थि’व शरीर नेपाल ल्याइएको छ । शुक्रबार स्पेनबाट नेपाल ल्याइएको दोहोरी गीत प्रति’ष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् । शवलाई बुझ्न मगर’सहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमान’स्थलमा पुगेका थिए ।

श’वलाई विमानस्थलबाट श:वयात्रा गरेर पशुपतिस्थित विद्युतीय श:वदाह गृहमा लगिने भएको छ । श’वदाह गृह परिसरमै शोकसभासहित श्र:द्धाञ्जली दिने कार्यक्रम हुनेछ ।प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्र:द्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कला’कर्मीलाई आग्रह गरेको छ ।

लम्साल लामो समयदेखी पिसा’बसम्बन्धी रो:गबाट पी:डित थिए । उनी कलाकार तथा मोडल सागर लम्साल बलेका बुवा समेत रहेका लम्साल लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।

‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौ’री’ लगायत गीत उनका लोक:प्रिय छन् ।

प्रतिकृया दिनुहोस्