Wednesday, November 29

फेरि थप ९ जनामा कोरोना पुष्टि , संक्रमित ३०४ पुगे

May 18, 2020 1912

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ः४५ बजे अध्या’वधिक गरेको विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभि’ड–१९ संक्रम’णको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वा’स्थ्य प्रयोग’शाला टेकुमा गरिएको परी’क्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमा रौतहट, इशनाथ नगर’पालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुष’मा पनि कोरोना संक्रमण देखिएको मन्त्रा’लयले जनाएको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्