Sunday, September 24

‘लकडाउनमा’ तरकारी किन्न गएका युवक बेहुली लिएर फर्किएपछि….

May 18, 2020 2030

उत्तर भारतको गाजियाबाद जिल्ला’मा अचम्मको घटना सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण फैलिने डरले भारतमा जारी लकडाउनका बिच एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घर’बाट बाहिर निस्किएका थिए तर उनले तरकारी किनेर ल्याएनन बरु आफूसँगै दुलही पो ल्याए ।

लकडाउनमा अचान’क दुल’ही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराले आफ्नी प्रेमिका’लाई श्रीमती बनाएर ल्याएका थिए । रिसा’एका युवककी ‘आमाले दुलही’लाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलि’स थानासम्म पुगेपछि घटना सार्वजनिक भएको छ ।

दुलहीको पहिरन लगाए’क युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउ’न उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने ब’ताइन् ।

भारतीय मिडिया आज’तकका अनुसार थाना’मा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सा:मग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’ युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरे’को बताए ।

युवककी आमा राजी नभएप’छि पुलिसले दुलहा–दुलही’लाई छुट्टै भाडामा बस्न सल्लाह दिएर सहमती गराए’को छ । प्रहरीको सल्लाह बमोजिम हाल उक्त नव विवा’हित जोडी अलग्गै बस्न थालेको छ । – रिपोरटर्स क्लब

प्रतिकृया दिनुहोस्