Sunday, April 18

काखे बालक छोडेर हराएकी रुपा बल्ल भेटिइन्, कहाँ बसेकी थिइन्? खोलिन् सबै कुरा (भिडियोसहित)

May 19, 2020 1336

मोवाइलमा धेरै कुरा नगर भनेर सम्झा’उँदा सानो काखे बालक छोडेर हिडेको भनिएकी महिला फेला परेकी छन् । उनी घरवाट आफ्नो फुपुको घर गएर बसेको बताएकी छन् ।

उनको सानो साढे २ वर्षको छोरा पनि छ । दागंवाट रोल्पा विवाह भएकी रुपा घर्ती अहिले सार्वजनिक भए’की हुन् । उनी घर छोडेर हिडेको ९ दिन पछि घर फर्केर आएकी हुन् ।

रुपाको घर तर्फका परिवारले उनी माइतीको सम्पर्कमा रहेको आफुहरुलाई शंका लागेको बताएका थिए । रुपा आफ्नो फुपु’को घरमा गएर बसेको बताएकी छन् ।

फुपुको घरवाट मा’इत फर्केर आएपछि उनको आमाले छोरी भेटिइन् भनेर ज्वाइलाई खबर गर्दा लिन नआएको ब’ताएकी छन् । घरमा टर्चर भएका कारण सहन नसकेर फुपुको घरमा गएको बताए:की छन् ।

रुपा जसको घरमा गएकी थिइन् उनको मोवाइल नभएका कारण सम्पर्क गर्न नपाएको रुपमाको आमाले बताए’की छन् । हिँजो फुपुको घरमा खोज्न जाँदा उनी घरमै फेला परेको बताएकी छन् । फुपुको घरवाट माइती लिएर आएपछि उनका श्रीमान भने लिन नआ’एको रुपाले बताइन् ।

उनी हराएको भनेर भिडियोमा सार्वजनिक भएपछि उनीहरुले प्रहरीमा पनि सम्पर्कमा राखेका थिए । फोन गर्दा तिम्रो छोरी कहाँ गएको हो, त्यसको प्रमाण सहित आउनुपर्छ भनेर श्रीमानले भनेको रुपाले बताइन् ।

प्रहरीले बोलाउँदा पनि नआएको रुपाको आमाले बताएकी छन् । उनले ज्याईलाई बोलाउँदा म तिमीहरुले आउ भ’न्दा आउने जा भनेपछि जाने हो र ? भन्दै जवाफ लगाएको रुपाको आ’माले बताइन् ।

श्रीमान लिन नआएपछि रुपा अहिले माइतीमा आएर बसेकी छन् । रुपालाई श्रीमानले कुटपिट गर्ने गरे’को माइतीमा आएर बताएकी छन् । विवाह भएको तीन महिना देखि कुटपिट गर्न थाले’को रुपाले आफुलाई बताएको आमाले बताइन् ।

ज्वाईले जाँडरक्सी खाएर छोरीलाई यस्तो यात’ना दिने गरेपछि छोरीलाई त्यसै नपठाउने दुवै पक्षलाई राखेर कुरा’कानी गर्न खोजेको भएपनि ज्वाई नआएको उनको भनाई छ ।

काठमाडौंमा रहेका श्रीमान लकडाउनका समयमा रोल्पा पुगे । घर नबसेर केही दिन क्वारेन्टाइनमा विताए । क्वारेन्टाइनवाट घर गएपछि श्रीमतीको ब्यवहार फरक पाए । मोवाइल’मा भुलि’रहेको देखे’पछि उनले चेक गरे । फेसवुकका अरु पुरुषसंग कुराकानी गरेको थाहा पाएपछि त्यसो नगर्न भनेर सम्झाए ।

कसैलाई फोन गर्न परे मेरो मोवाइलवाट गर भनेर श्रीमतीको मोवाइलको सिम निकालेर फालिदिए । दाङ को घोराही उपमहानगरपालिका १९ नम्बर वडावाट रोल्पा विवा’ह गरेर गएकी रुपा घर्ती सानो काखे बालक छोडेर हिडेकी हुन् ।

तर रुपाले भने आफुलाई श्री”मानले अनावश्यक शंका गर्ने गरेको बताएकी छन् । मेरा आफन्त छन्, दाजुभाई र सा’थी पनि छन् । कसैसंग कुरा नै गर्न नहुने हो र ? आफ्नै फुपु’को छोरासंग कुरा गर्दा पनि शंका गरेर झगडा गर्छन,उनले भनिन् । भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्