Wednesday, August 10

कोरोना खोपको परिक्षण सकारात्मक भएपछि खुसीको सञ्चार, अब थप मानिसमा लगाइने

May 19, 2020 1370

अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोना भाइरस वि’रुद्ध सङ्घ’र्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।

सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोना भाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रति’क्रिया कोरोना भाइरस स’ङ्क्रम’ण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रति’रोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्र’मणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ। अहिले विश्वभरि विभि’न्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइर’सविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्। एमआरएनए-१२७३ नाम दिइएको खोपको मानि’समा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

सो खोप कोरोना’भाइर’सको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अं’शले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रति’रोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।

अमेरिकी सरकारको न्याश्नल इ’न्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चा’लन गरेको सो परीक्ष’णमा खोपले शरीरमा कोरोनाभाइरस’लाई निष्क्रिय बनाउने एन्टी’बडी बनाउने देखिएको हो। तर ४५ जनामा गरिएको परीक्ष’णमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो।

बाँकीको शरीरमा भएको प्रतिक्रिया’को परीक्षण गर्न बाँकी नै छ। सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइए’को थियो उनीहरू’मा केही ‘साइड इफेक्टहरू’ देखिएको बताइएको छ।

तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड(१९ निको भएका व्यक्तिहरूमा देखिए’को जत्तिकै एन्टीबडी देखिएको हो।सु’रक्षा परी’क्षण भनेको खोप प्रभा’वकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानि’सका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो।

मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ।मोडेर्नाले खोपको दोस्रो चरण’को परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ। – विवीसी नेपाली

प्रतिकृया दिनुहोस्