Wednesday, November 29

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि यसरी खनिए भारतीय मिडिया, हेर्नुहोस्

May 20, 2020 3033

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् ।

नेपाली मूलकी बलिउड ना’यिका मनिषा कोइरा’लाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंस’कलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

मनिषाले आफ्नो ट्वीट’मा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देश’बीच शान्तिपूर्ण र सम्मानज’नक छलफलको आशा गर्दछु ।’ उनको ‘यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ ।

मनिषाले ट्विटरमा यस्तो लेखे’की छन्

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ?

नेपाललाई सर्तक रहन सल्लाहः
ट्वीटरका केही प्रयोग’कर्ताले नेपाललाई चीन’सँग सतर्क रहन सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपा’लको पनि हालत तिब्ब’तको जस्तै होला ।’ यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ । हामी भारतीय पनि अब तपाईंहरुले झैं सोच्ने’छौं ।’

कतिले नेपालीलाई बताए भारत विरोधीः
नेपालको यो कदमलाई नरुचाए’का अर्का एक व्यक्तिले लेखे, ‘नेपाल सधैं भारत विरोधी रहँदै आएको छ र उसको नजर सधैं भारतको भूमिमा छ । लिपुलेखजस्तो भारतको अभिन्न अंगमा जब’र्जस्ती दाबी गरिनुले नेपालको तुच्छ मानसिकता दर्साउँछ ।’

मनिषालाई भारतबाट लखेट्न मागः
कतिले मनिषाले नेपा’लको समर्थन गरेको भन्दै निकै गाली’समेत गरेका छन् । एक प्रयोगक’र्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग । यसलाई भारतबाट लखेट । यस’को फिल्म बहि’ष्कार गर । ’

यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’ ।’ यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्का’र गर्न माग गर्र्दै लेखेका छन्,

‘भारतबाट आफ्नो पहिचान ब’नाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मान’चित्रको समर्थन गरिरहनुभएको छ ? भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पै’सा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’ – डीथ्री अनलाईन

प्रतिकृया दिनुहोस्