Sunday, September 24

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु, मृत’क संख्या ३ पुग्यो

May 21, 2020 2481

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पता’लमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृ,त्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशा’खा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए।

‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको छ, चौधरीले भने,‘श,व व्यवस्थापनको तयारी थालिएको छ।’ विरामीको भेन्टिलेटरमा उपचार भ’इरहेको थियो।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पो’जेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो।

उनको मृ,त्युसँगै नेपालमा कोरोना संक्रमण’बाट मृ’त्यु हुनेको संख्या तीन पुगेको छ। प्रदेश ५ मै दुई जनाको मृ’त्यु भएको छ। १ सय ९६ जना संक्रमित भएका छन्।

गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रम’ण भयो भन्ने अझै खुलेको छैन्। जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए। त्यहाँ निको नभएपछि उनी अर्घाखाचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी बुटवल आएका थिए।

उनको सम्पर्क’मा आएका चिकित्सक’सहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परी’क्षण गरिदैछ। उनको अन्य व्यक्ति’संगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देश’नालयले जनाएको छ।

संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। कोरोना संक्रमणपछि क्रिमसन अस्पताल, अर्घाखा’चीको छाया पोलिक्लिनिक शील गरिएका छन्। बुधबार संक्रमितको मृ’त्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृ’त्यु नभएको जनाएको थियो। – अन्नपूर्ण पोस्ट (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्