Sunday, September 26

मिनेन्द्र रिजालले भारतीय मिडियामा दिएको जवाफ भयो भाइरल (नेपाली व्याख्या’सहित)

May 21, 2020 1994

भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ताका क्रममा नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले दिएको जवा’फ नेपालमा अहिले भाइरल भएको छ । नेपाल र भार’तका विचमा उत्पन्न सिमा विवादका बारेमा डा रिजालले दिएको दनकपूर्ण जवा’फलाई धेरै नेपालीले आफ्नै’ मनको जवाफ भन्दै सामाजिक सञ्जा’लमा सेयर गरेका छन् ।

नेपालको सरकारले ग’लत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र भन्दै भारतीय प्रस्तोताको जवा’फमा नेता रिजालले “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमाना’को विषयमा हामीसँगै छौँ” भन्नु भएको थियो ।

चीनको उक्साहटमा नेपा’लले नयाँ नक्सा जा’री गरेको भारतीय पक्षको आरोपलाई पनि उहाँले ठाडै खण्डन गर्दै नेपालको आ’फ्नो विषयमा कसैको उक्साहटमा लाग्नु नपर्ने स्पष्ट पार्नु भएको छ ।

भारतको रिपक्लीक टिभी’का सेलि’ब्रेटी पत्रकार अर्णब गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा ने’पाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा रिजालले सुझाउनु भएको थियो ।

उहाँको सुझाव पछि प्रस्तो’ताले लिम्पीयाधुरा, लिपुलेक, कालापानी भारतको भएको व्याख्या गर्दै प्रश्न सोधेकोमा आ’पत्ति जनाउनु भएको थियो ।

उहाँले दुई देशका नागरिक’स्तरमा सम्वन्ध विगार्ने काम कसैले गर्न नहुने र देशहरुका आ आफ्ना सम’स्या तथा विवादलाई वार्ता’बाट समाधान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रश्नकर्ताले नेपाललाई चीन मातहतको सरकार जस्तो भएको आरोप लगाएपछि त्यसमा पनि डा रिजालले आपत्ति जनाउनु भएको छ । दुवै देशका अधिका’रीहरुले छलफ’ल गर्ने भनिरहेका बेला मिडिया’ले उचाल्नु ठिक नभएको उहाँको भनाई थियो । गलत व्याख्या गरिरहेको भन्दै उहाँले त्यस्ता व्याख्याको कडारुपमा खण्डन र खारेज गर्दछु भन्नु भएको छ ।

भारतले मिचेका भूमी नेपालको हो भन्ने सम्वन्धमा नेपालसँग धेरै प्रमाण रहेको भन्दै उहाँले त्यसका आधारमा वार्ता गर्न नेपाल तयार रहेको बताउनु भएको थियो । सिमाका विषयमा बोलिरहेका बेला प्रश्नकर्ताले विचमै फरक प्रशंग जोड्न खोजेपछि डा रिजालले “मेरो उत्तर सुन्नु, व्यक्ति व्यक्तिलाई सम्मान गर्न नसक्नेले कसरी देशको सम्वन्ध राम्रो बनाउन सक्छ” भन्दै प्रतिप्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले “भारतबाट आएको भाइरस बलियो परेछ” भनेर दिएको अभिव्यक्तिलाई भारतीय प्रस्तोताले प्रधानमन्त्री ओलीको भारतप्रतिको पुर्वाग्रही अभिव्यक्तिको रुपमा व्याख्या गरेका थिए ।

उनले चिनिया कोरोना भाइर’स ठिक र भारतीय कोरोना भाइरस बेठिक भन्नेर प्रधानमन्त्रीले भनेको भन्दै विषयान्तर गर्न खोजेकोमा पनि डा रिजालले प्रतिवाद ग’र्नुभएको थियो । उहाँले आफु सिमानाका बारेमा मात्रै अन्तर्वार्ता दिन तयार रहेको र कोरो’नाका बारेमा बोल्न समय नदिएको जवाफ दिनु भएको थियो ।

डा रिजालले अन्तर्वा’र्ताका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सु’झाव दिनुभएको छ । उहाँले सिमानाका बारेमा सारा नेपाली एक ठाउँमा रहेको बताउदै कसैको उक्साहटमा लागेको भन्ने व्याख्या’को कडा रुपमा खण्डन गर्नु भएको छ । – रेडियो एनआरएन बाट

यहाँ थिचेर भिडियो हेर्नुहोस्।।

प्रतिकृया दिनुहोस्