विराटनगर १४ झटियारि स्थित आफ्नै घरभित्र गा’डिएको अवस्थामा बुधबार साझ श’व फेला परेका ६९ वर्षिय सत्यराम भनिने सिताराम चौहानको ह’त्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बावुको ह’त्या आरो’पमा प्रहरीले जेठा छोरा रोहित र माइला छोरा नागेन्द्र चौहानलाई प’क्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले बिहीबार डिजिटल पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।
छोराहरूबाट मा’र्छु भन्ने योजना नभए पनि तत्काल रिसको आवेगमा आएर बावुको ह’त्या भएको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘शनिबार ह’त्या गरेपछि आइतबार मात्र श’वलाई खाडल खनेर घर भित्रै गाढेको पाइयो ।’
बावुसँग जेठा छोरा मुन्ना भनिने रोहित चौहा’न बस्दै आएका थिए । माइला छोरा विराटनगर १५ रामजानिक चौकमा बस्दै आएका छन् भने कान्छा छोरा ४ वर्षदेखी संपर्क विहीन छन् । कोठाभाडामा बसेका माइला छोरा नागेन्द्रकोमा सत्यराम प्राय ज”सो जाने गरेका थिए ।
४- ५ दिनदेखी ससुराबा माइला छोरा’कोमा नआएपछि बुहारी सत्यरामकोे घरमा बुधबार पुगेकी थिइन् । घरको ढोका खुल्ला भएर कोठा पूरै दुर्गन्ध र रग’त लतपतेको टिसट देखेपछि उनी इलाका प्रहरी कार्यालय रानी विराटनगर’मा पुगेकी थिइन् ।
मोरङ प्रहरी र इप्रका रानीको प्रहरी टोली सत्यरामको घरमा पुग्दा करिब ३ फिट गहिरो खाडल खनेर गाडेको अवस्थमा श’व प्रहरीले बरामद गरेको थियो । प्रहरीले दुवै छोरालाई बुधबार साझ नियन्त्र’णमा लिएको प्रहरी’ले जनाएको छ । प्रहरीले दुवै जनालाई कर्तब्य ज्या’न मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।
राती ९ बजेको समयमा घर भित्र बावुको ह’त्या गरेको थिए । ‘बावुको ह’त्या गरेपछि दुवै छोरा त्यस दिन घरभित्र सँगै सुतेको अनुसन्धानबाट देखियो,’ उनले भने, ‘बावुको ह’त्या भएको खुल्ने ड’रले भोलीपल्ट मात्र श’वलाई खाडल खनेर गाढेको खुलेको छ ।’
छोराहरूले काम गरेको पैसा बावुले मागेपछि झग’डा हुँदा छोराहरूले बावुको ह:त्या गरेको प्रहरीले जनाएको छ । – आवर विराटनगर बाट साभार
प्रतिकृया दिनुहोस्