काठमाडौं । धेरैले भोगिरहेको सम’स्या हो, कब्जियत । क’तिपय अवस्थामा यो क्ष’णिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जिय’तले गं’भिर समस्या निम्त्याउन सक्छ ।
के हो त कब्जियत ?
कब्जि’यत एक यस्तो स्थिती हो, जो पेट ठीक ढं’गले सफा हुन पाउँदैन । कब्जियत पीडित आम व्यक्ति’को तुलनामा कम पटक शौ’च गर्छन् । सामन्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् ।
तर, जसलाई कब्जि’यत छ, उ’नीहरु दुई र तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनी’हरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुष हुँदैन । खानामा अरुची हुन्छ । कब्जिय’तको कारण कतिको वान्ता र टा’उको दुख्ने समस्या हुन्छ।
कब्जियतको लक्षण के हो ?
– ठीक ढंगले पेट सफा नहुनु, मल त्याग नहुनु।
– शौच गर्नमा समस्या हुनु ।
– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु ।
– पेटमा दुखाई अनुभव हुनु ।
– वान्ता हुनु ।
किन हुन्छ कब्जियत ?
– खाने तालिका नियमित नहुनु,
– बासी खानेकुरा सेवन,
– शारीरिक रुपमा निस्किय हुनु वा लामो समयसम्म विश्राम लिने बानी,
– मानसिक तनाव,
– चिल्लोचाप्लो एवं अपाच्य भोजन,
– पेटको कमजोरी
– पानी कम पिउनु
– खाना खाएको समय धेरै पानी पिउनु
– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु
कब्जियतको उपचार के छ त ?
कब्जिय’त खराब दिनचर्या र खान’पानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ। शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र पचाउन सकिने भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पि’उनुपर्छ।
फाइबरयुक्त सब्जी, फलफूल र सला’दको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा-पिसाबलाई लामो समय रोकेर राख्नु हुँदैन ।
आर्युबेदिक उपचार विधी
– त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानी’मा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।
– मनतातो दुध वा पा’नीमा हर्रा/बर्रा र अम’लाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।
– कब्जियतको उपचारमा किसमिस एक’दमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमा’लेर नियमित सेवन गर्नुपर्छ ।
– पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।
– स्याउ र अंगुरको सेवनबाट पनि कब्जि’यतको समस्याबाट मुक्त हुन सकिन्छ ।
– अमलाको चूर्णले क’ब्जियतको समस्या’बाट मुक्ती दिन्छ ।
– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।
– तामाको भाँडामा राखिए’को पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ यसले कब्जि’यत निको पार्छ।
प्रतिकृया दिनुहोस्