Thursday, May 6

आज एकैदिन ६८ जनामा कोरोना पुष्टि , कुन जिल्लामा कति ? हेर्नुहोस्….

May 23, 2020 2463

शनिबार दिउँसो थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवको’टाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो। शनि’बार बिहान मात्र ३२ जना’मा कोरोना पोजिटिभ पुष्टि भएको थियो।

संक्रमण पुष्टि हुनेमा सेती अस्पता’लको प्रयोग’शालामा बैतडी, शिवनाथ गाउँपा’लिका चारजना छन्। आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरुष’को पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको हो। त्यसै’गरी कोसी अस्प’तालको प्रयोगशालामा पीसी’आर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइ’नमा रहेका ३३ वर्षीय पुरुष’को रिपोर्ट पोजिटिभ आएको छ।

सँगै राप्ति स्वास्थ्य विज्ञा’न प्रतिष्ठानको प्रयोगशा’लामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको छ। नरैनापुर–३ बाँके’को राष्ट्रिय प्रावि गोगलीका १५ जनाको रिपाेर्ट पो’जिटिभ देखिएको छ। उनी’हरु १६ देखि ३२ वर्षका पुरुष हुन्। नरैनापुर बाँकेकै ६ जनाको पीसी’आर रिपोर्ट पोजिटिभ आए’को छ। उनीहरु २२ देखि ५० वर्षका पुरुष छन्।

बर्दियाका एकजना १९ वर्षीय पुरु’षको रिपोर्ट पोजि’टिभ आएको छ। त्यसैगरी सुर्खेतमा दुई पुरुष र एक महिला’को पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको छ।

शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला, काठ’माडौंमा गरिएको परीक्ष’णमा कपिल’वस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठ’माडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजि’टिभ देखिएको थियो।

टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वा’णगंगा नगरपा’लिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालि’काकी ३७ वर्षीया महिला’मा कोरोना पोजिटिभ देखिएको हो।

त्यसैगरी प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला, भैरहवा’मा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजि’टिभ देखिएको हो। सँगै भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरत’पुरमा गरिए’को परीक्षणमा ५२ वर्षीय एक जनामा को’रोना भाइरस संक्रम’ण देखिएको थियो।

मन्त्रालयका अनुसार संक्रमितको संख्या पुरुष ५०५ र महिला ७९ गरेर कुल ५८४ पुगेको छ। ७० जना निको भए’का छन् भने तीन जनाको मृत्यु भएको छ। – अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्