Friday, June 9

बेहुला नआएपछि दिनभरि पर्खेर साँझमा आफ्नै घर फर्किइन् बेहुली

February 28, 2020 7809

बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो। मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौमा रहेका आफ्ना जिल्ला’वासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो।

बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्काै चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन्। केटी पक्ष फोन डायल गर्न थाले।आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वरमा पारेर आफ्ना माइला बुवा अ’चानक बि’तेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्ली’खल्ली मच्चि’यो।

जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशं’कित भयो। आफन्तले महानगरीय प्रह’री वृत्त बानेश्वरमा खबर गरे। वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्याले’समा पुगेर सबै जानकारी लियो। डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार म’लिन थियो। उनीहरूको कुरा सुनेर म चकि’त परें।’

१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो। राति अबेरसम्म पनि जन्ती आएनन्, केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो।

केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए। ती आफन्तका अनुसार इन्गेजमेन्टमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो।

केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन्। ‘बुवा धेरै व्यस्त हुनुहुन्छ’ भन्दै उनले हजुरआमा भनेर एक वृद्धा चिनाएका थिए। कुराकानी राम्रै भएपछि विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो।

बिहेका दिन केटा बेपत्ता भएपछि केटी पक्षको ओठ’तालु सुकेको थियो। बिहेका लागि खर्च भएको १५ लाखभन्दा पनि इज्जतमा धक्का लागेको पीर आत्ति’एका उनीहरूलाई ढाडस दिएर प्रहरी टोली निस्कियो। न केटाको फोन लाग्यो न उनी फेला परे।

उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर बसेका रहेछन्। ‘हामी पुग्दा ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन्।’

विवाहको निम्तो कार्डका लागि केटाले दिएका बाबु र आमाको नाम पनि फ’र्जी भएको खुल्यो। केटाको वास्तविक नाम साहिल बस्नेत रहेको प्रहरीले पत्ता लगायो। यो खबर आजको कान्तिपुरमा छापिएको छ। केटाको कोठामा न नयाँ फर्निचर थिए, न त महँगा वस्तु । केटी पक्षले दिएको फोटो र विवरण प्रहरीले आफ्ना युनिटहरूमा पठायो।

काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई प्रहरी’ले बुधबार पोखरा विमानस्थलबाट प्रहरीले देख्यो। रोक्यो। चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो। विदेशी मुद्राको स्रोत नखुलेपछि उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व विभागको बुटवल कार्यालय पठाएको छ।

प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि हुने आधार भेटिएका छैनन्।‘आपरा’धिक विश्वासघा’त ठ’गीमा मु’द्दा चलाउने तयारी भइरहेको छ,’ उनले भने, ‘केटाले कुन उद्देश्यले यस्तो ष’ड्यन्त्र गरेको रहेछ भन्ने खुल्नै बाँकी छ, तर जे भयो त्यो सामान्य बदमा’सी होइन।’

डीएसपी बोगटीका अनुसार करिब १५ दिनअघि पनि विवाहको नाममा यस्तै प्रकृतिको ठ’गीको उजु’री प्रहरीमा आएको थियो। केटा, जन्ती, उनका आफन्त कोही नआएपछि विवाहको दिन केटी पक्ष प्रहरीमा आएका थिए। उनको अझै खोजी भइरहेको बोगटीले बताए।

प्रतिकृया दिनुहोस्