आइतबार थप १९ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा’का अनुसार आइतबार दिउँसो १९ जनामा कोरो’ना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमि’तको संख्या ६ सय ३ पुगेको छ ।
आइतबा’र देखिएका संक्रमि’तमा मोरङ’का ४५ वर्षीय पुरुष, बाराका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाडौँ’का ७९ वर्षीय पुरुष, नुवाकोटका ३९ वर्षीय पुरुषको छन्।
प्रवक्ता देवको’टाका अनुसार ४२ जिल्ला’का ५ सय २४ पुरुष र ७९ महिला गरेर संक्र’मितको संख्या ६ सय ३ पुगेको हो । नेपालमा संक्रमितको संख्याले ६०३ पुग्दा निको हुनेको संख्या ८७ पुगेको छ । अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टा’इनमा छन् । अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्