हालै मनिषा कोइरालाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली’ले गरेको नयाँ नक्सा सम्बन्धी ट्वीटमा समर्थन जनाउँदै रिट्वीट गरेपछि भारतमा त्यसले हलचल मच्चाएको छ । मनिषा कोइराला’को परिवार’लाई निकै नजिकवाट चिन्ने दावी गर्दै पूर्व विदेशमन्त्री सुषमा स्वराजका पति कौशल स्वराजले उनलाई तिमीले गल्ती गर्र्यौ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
मनिषाले सिमानामा देखिए’को सम’स्या समाधानका लागि नेपाल, भारत र चीनले समेत छलफ’ल गर्नुपर्ने राय राखेपछि त्यो भनाईवाट भारतमा हलचल मच्चिएको हो । शुष्माका पति कौशलले पनि मनिषालाई त्यसो गर्नु गल्ती भन्दै लामो स्टाटस लेखेका थिए ।
मनिषाको सोही भनाई प्रति स’मर्थन जनाउँदै र सरकारले गरेको कामको पनि प्रशंसा गर्दै नेपाली कांग्रेस’का नेता गगन थापाले कौशललाई जवाफ फर्काएका छन् ।
थापाले अभिनेत्री कोइरालाले भार’तले नेपालको लिम्पियाधुरा र लिपुलेक लगायत भूभाग अतिक्रम’ण गरेको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ भनेर किन भनेकी हुन् भन्ने कुराको खुल’स्त जवाफ थापाले दिएका छन् । उनले
नेपाली भूभाग लिपुलेकबारे भारत र चीनले सन् २०१४ मा नेपाललाई थाहै नदिई भारत र चीन’को व्यापारिक नाका’को रुपमा प्रयोग गर्ने भनी आफूहरु दुई पक्षबीच सम्झौता गरेका कारण चीन समेत यो मामिलामा जोडिने भएकाले मनि’षाको त्यो अभिब्य’क्ति गल’त नभएको प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल मा’र्फत लामो स्टाटस लेख्दै त्यसलाई यसरी ब्याख्या गरेका छन् ।
सीमाको विषयमा नेपालको अहिलेको राजनीतिक घट्ना’क्रमबारे कौशललाई खिया लागेको विचार बोकेका भन्दै टिप्पणी गरेका छन् । उनले सुगौली सन्धीअनुसार लिपुलेक, लिम्पि’याधुरा र का’लापानी क्षेत्र नेपालको भूभागको भनेर कांग्रेसले यस अघि नै भनिसकेको र त्यो हालै काँग्रे’सका सभापति शेरवहादुर देउवाले जारी गरेको विज्ञप्तीले स्पष्ट पार्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रति’पक्षी दल भएपनि नयाँ नक्सा जारी गर्ने विषयमा सरकारलाई आफुहरुको समर्थन रहेको अवगत गराए’का छन् ।
त्यसैगरी कांग्रेसकै पूर्वसभापति सुशिल कोइरा’ला प्रधानमन्त्री भएका बेला लिपुलेकमा भारत र चीनले नेपाललाई पत्तै नदिई गरेको सहमतिप्रति आपत्ति जनाउँदै दुवै देशलाई सो सर’कारका तर्फबाट प्रोटेस्ट नोट पठाएको इतिहास सम्झन स्वराजलाई आग्रह गरेका छन् । नेपालले पठाएको नोटको वेवास्ता गर्दै भारतले बाटो उद्घाटन समेत गरि’सकेको उनको भनाई छ ।
यसरी नेपाली भूमिमा हुने अति’क्रमण नेपाली कांग्रे’सलाई स्वीकार्य नहुने र त्यसविरुद्ध सरकारलाई निशर्तः समर्थन रहेको छ उनले भनेका छन् । त्यसैले मनिषाको यो भनाईमा कुनै ‘गल्ती छैन उनले स्वराजलाई स्पष्ट शब्दमा नेका छन् ।
उनले नेपालमा हुने हरेक घ’टनाक्रमलाई ची’नबाट निर्देशित हुन्छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । – नेपाल भाइरल न्युज
प्रतिकृया दिनुहोस्