Saturday, September 23

जुम्ल्याहा दाजुभाईले बनाए कोरोना संक्रमितलाई खाना-औषधि दिने रोबोट(भिडियोसहित)

May 25, 2020 2025

बुटवलका जुम्ल्याहा दाजुभाई लव-कुशले आइसोलेसनमा राखिएका बिरामीलाई खाना र औषधि पुर्‍याउन सघाउने ‘गो कोरोना’ नामको रोबोट बनाएका छन।डेढ वर्षअघि ‘गो-गो रोबोट’ र एक महिनाअगाडि ‘सेनिट्राइजर सेन्सर टनेल’ बनाएका उनीहरुले अहिले पुनः ‘गो-कोरोना रोबोट’ बनाएका छन् ।

१ महिनाको मेहेनतमा बनाएको यो गो-कोरोना रोबोटले आइसोलेसनमा राखिएका बिरामीलाई आवश्यक खाना, औषधि, सेनिट्राइजर लगाय’तका अन्य वस्तु पुर्‍याउने साथै बिरामीसँग कुराकानी गर्ने र मनोरञ्जन प्रदान गर्ने देखि लिएर संक्रमितको सेवा गर्न सक्ने क्षमता भएको लवले बताएका छन ।

जुम्ल्याहा’ दाजुभाइले बना’एको उक्त रोबोट प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । बुटव’लको धागो कारखानामा तयार गरिएको अस्थायी कोरोना विशेष अस्पतालमा प्रयोग गर्न सकिने भन्दै उनीहरूले रोबोटलाई मन्त्रालयमा हस्तान्त’रण गरेका छन् ।
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्