गएराति रुकु’मपश्चिम चौरजहारी नगरपा’लिका–८ सोतीस्थित गाउँलेहरुको कु’टाइबाट जाजरकोट भेरी नगरपालिका–४ राना’गाउँका नवराज विकको मृ’त्यु भएको छ ।नवराज’सँग गएका छ युवा अझै बे’पत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले प’क्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हुल्ला गरेपछि गाउँहरुले युवालाई कु’ट पि’ट गर्दा नवराजको मृ’त्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँहरुले ल’खेट्दा अन्य छ युवा बेुपत्ता रहेको उहाँको भनाइ छ ।
सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उ’जुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।
उ’जुरी दिएपछि दुवै समूहबीच छलफल’समेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वी’कार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । – नेपाल न्युज
प्रतिकृया दिनुहोस्