Thursday, March 23

मृ’त्यु भएको ८ दिनपछि नेपालमा १ जनामा कोरोना पुष्टि

May 25, 2020 1062

उपचारका क्रममा मृ’त्यु भएर दाहसंस्कार गरेको नौ दिनपछि बारामा एकजनामा कोरोना पुष्टि भएको छ। करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या चार पुगेको छ।

कोरोना पुष्टि भएका वृद्धको ८ दिनअघि वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृ’त्यु भएको थियो। उनको अन्त्ये’ष्टि भइसकेको छ।

उपचारको क्रममा जेठ ४ गते राति मृ’त्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्या’यले जानकारी दिए।

वृद्धको मृ’त्युबारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन। वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंका’स्पद आएपछि उनको स्वाब पुनःपरीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

क्षयरोग, दम र निमोनियाबाट ग्रसि’त वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गरा’एका थिए। तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृ’त्यु भएको थियो।

करैयामाई–७ का वडा अध्यक्ष विरिज चौधरीले नेशनल मेडिकलमा उपचारको क्रममा जेठ ४ गते मृ’त्यु भएका बृद्धको पुष्टि गरेका छन्।

उनले आफुले सञ्चारकर्मीहरुबाट रिर्पो’टबारे जानकारी पाएको बताए। धार्मिक परम्पराअनुसा’र उनको अन्त्येष्टि भइसकेको जानकारी दिए। उनले मलामीमा कतिजना सहभागी थिए भन्‍ने बुझ्‍न सुरु गरेको जानकारी दिए।

जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि ४ गते उनको मृत्यु भएको हो। मृतक’मा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो। ४ वर्षअघि नहरमा लडे’र घाइ’ते भएपछि उन’मा विभिन्‍न रोगले आ’क्रान्त पारेका कारण कमजोर अवस्थामा थिए। – थाहा खबर (साङ्केतिक तस्बिर)

प्रतिकृया दिनुहोस्