May 26, 2020 999
क्वारेन्टाइनमा बसेकी एक महिलाको प्यूठानमा मृ’त्यु भएको छ । ऐरावती गाउँपालिका ६ स्थित जनता मावी बिजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी उनको मंगलबार नि’धन भएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
मृतक महिलाको स्थायी घर मल्लरानी गाउँपालिका ४ हो । माइतीघर बिजुलीमा आएको बेला उनलाई क्वारेन्टाइनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए ।
उनी एक साताअघि भारतबाट घर आएकी थिइन् । भारतमै रहँदा उनको दोस्रोपटक ब्रेन ट्यूम’रको शल्य’क्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए । उनीसँगै क्वारेनटाइनमा बसेका श्रीमान’सहित पाँचजनाको स्वाब रिपोर्ट नेगेटि’भ आएको छ । – अन्नपुर्ण पोस्ट (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्