Friday, September 22

कोरोना भाइरसबाट भारतमा एक नेपालीको मृ’त्यु

May 26, 2020 1873

कोरोना भाइरस संक्रमण’बाट भारतको मुम्बइमा स्याङजाका ५० वर्षीय कोषबहादुर विकको ज्या’न गएको छ । मुम्बइस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृ त्यु भएको हो । उनका पत्नी (जेठी) सावित्रा विक पनि अस्पतालमा उपचा’ररत छन्।

कोषबहादुरको ६ दिनअघि मुम्बइ’स्थित परेलमाको केएम अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो । उनको पार्थि’व शरीर भने आइतबार अन्तिम संस्का’र गरिएको भाइ कुलबहादुर विकले जानकारी दिए ।

विकलाई २० दिनअघि कोरोना भाइरस संक्रम’ण देखिएको थियो । सुरुमा ज्वरो आएपछि औषधि खाँदा पनि निको नभ’एपछि परीक्षण गर्दा कोरोना संक्र’मित पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारको लागि अस्पतालमा भर्ना भएको १४ दिनमा उनको मृ त्यु भएको भाइ विकले जानकारी दिए । उनले भाउजु भारतमै भएकाले नेपाल ल्याइन दिने वाताव’रण मिलाइन दिन नेपाल सरकारसँग माग गरेका छन्।

कालीगण्डकी गाउँपालिका ४ घर भएका विक रोजगा’रका लागि ३० वर्षदेखि मुम्बइमा थिए । मुम्बइको प्याडा’रोडस्थित विनामी मेटल कम्पनीमा उनी काम गर्थे । उनका दुई पत्नी मध्ये एउटा स्याङजामा छन् भने अर्का पत्नी भारतमै छन्।

विवाह भएको २५ वर्ष पुग्दासम्म सन्तान नभएपछि साबित्रा’को आग्रहमा ६ महिनाअघि मात्र बिष्णुसँग दोस्रो विवाह गरेका थिए । बिहेलगत्तै उनीहरु ३ जना भारत गए । एक महिना’पछि कान्छी पत्नी बिष्णु भने स्याङजा फर्किइन्। साबित्रा पतिसँगै भारतमै बसिन् ।

बिष्णुको गर्भ रहेको छ । गर्भमा अहिले ६ महिने शिशु छ । आफ्ना सन्तानको मुख हेर्ने रहरले ५० वर्षमा दो’श्रो विवाह गरेका कोषबहादुरको इच्छा भने पूरा हुन सकेन।

बिहेपछि एक महिनामात्र पतीसँग बिताए’की बिष्णु विगत ५ महिनादेखि स्याङजामा छिन्। बिहेको ६ महिनामै श्रीमान गुमाउनुका पीडासँगै गर्भे टुहुरो सन्तान’लाई जन्म र कर्मको जिम्मे’वारी पनि उनमै थपिएको छ ।

सन्तान देख्ने कोष’बहादुरको सपना अधुरै रह्यो। विश्व महामा’रीको रूपमा फैलिएको कोरोना भाइरसले उनको ज्या’न लियो । श्रीमानको नि धनको खबरले गर्भ’वती बिष्णु यहाँ भाव विह्वल छिन् । – अन्नपूर्णपोस्ट (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्