Monday, October 2

आज एकैदिन थप ९० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? हेर्नुहोस्…

May 26, 2020 1678

थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) सं’क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. विका’स देव’कोटाका अनुसार मंगलबार थप ९० जना’मा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसहित नेपालमा संक्र’मितको संख्या ७७२ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्या’मा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा’लमा गरिएको परीक्ष’णमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।महोत्तरीका २, जुम्ला स्थायी ठेगाना भएका हाल बारा बस्ने २ दुईजना पुरुष, अर्का बाराका ३ जना, रौतहटका २२ जना एक महिलागरी, सिराहका ५, धनुषाका १ जना गरी कुल ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण’मा नेपालगंजका 1 जनाको कोरोना रिपोर्ट पोजि’टिभ आएको छ। रुपन्दे’हीको प्रयोगशालमा परीक्षण गराएका ७ जनाको परीक्षण पोजिटिभ आएको छ।उनीहरु कपिवस्तु मायादेवीका २ र अर्घाखाँचीका २, गुल्मीका २ र रुपन्देही लुम्बिनी अस्पतालका १ जना गरी जम्मा ७ जनामा पोजि’टिभ आएको हो।

यसैगरी सेती प्रादेशिक अस्पतालमा २ जनाको रिपोर्ट पोजिटि’भ आएको छ।उनीहरु कैलालीका १ र अछामका १जना रहेका छन्।पोख’रामा गरिएको परीक्षण’मा स्याङ्जाका २ जनामा पोजिटिभ आएको छ। यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजि’टिभ आएको छ।उनीहरु सुर्खेत विरेन्द्रनगरका ८ जना, भेरीगंगाका २ जना र सिम्ताका २ जना गरी १२ जनामा कोरोना पोजिटि’भ देखिएको हो।

नेपालगन्जमै ७ जनामा कोरोना पोजि’टिभ देखिए’को छ।उनीहरु सबै बाँके डुडुवाका ४ जना, राप्ती सोनारीका २ र बैजनाथका १ जना गरी ७ जना संक्रमित पहि’चान भएको छ। यसैगरी दाङमा पनि नयाँ संक्रमित थपिएका छन्।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा थप पोजिटिभ पहि’चान भएको हो। संक्रमित जिल्ला ४६ वटा पुगेका छन्।

यस्तै हालसम्म आरडी’टीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका’ छन्। गत २४ घन्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबा’बाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन्।

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जस’मध्ये प्रदेश १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५६१ बागमती प्रदेशमा २४ हजार २१६, गण्ड’की प्रदेशमा ७ ह’जार ७०१, प्रदेश ५ मा १६ हजार ८८०,कर्णाली प्रदेशमा १०हजार ६१८ र सुदूरप’श्चिम प्रदेशमा २० हजार ९२५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडी’टीबाट परीक्षण भएका छन्।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५५ हजार २८२ पुगेको छ। आइसोलेसनमा ५८२ जना रहे’का छन्। जस’मध्ये प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बागमतीमा २६,गण्डकीमा ५, प्रदेश ५ मा २६३ कर्णाली प्रदेशमा २५ र सुदूर’पश्चिम प्रदेशमा १२ जना गरी जम्मा ५८२ जना आइसोलेसनमा छन्।

यस्तै डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ। जसमध्ये प्रदेश १ मा २६ प्रदेश २ मा ७६ बागमती प्रदेशमा ११ गण्ड’की प्रदेश’मा २ प्रदेश ५ मा ३५ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल १५५ जना डिस्चार्ज भएका छन्। निको हुनेमा १२४ पुरुष र ३१ महिला छन्। रेडजो’नमा ४५५ छन्। कोरोना जित्ने १५५ जना पुगे’का छन् भने ४ जनाको मृ’त्यु भएको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्