भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौर’जहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।
टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको स’मूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’
नवराजको टोली साँझ करिब ५ बजेतिर केटीको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसके’का रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डु’म किन आयो, अस्तिको चो’टले पुगेनछ’ भन्दै गा’लीगलौज गर्न थालिन् ।
‘ठूल्ठूलो स्वरमा गा’ली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढा’को नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।
खड्काका अनुसार त्यहाँ रहेका अ’परिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अ’लमल्याए । यो व्यबहार ष’ड्यन्त्र हुनसक्ने आ’कलनसहित टो’ली ह’तारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै ए’क्कासी ५०/६० जनाको स’मूह आएर ढुं’गामुढा गर्न थाल्यो ।
‘हामीहरु जीउ जो’गाउन भा’ग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चि’रपटले हा’न्न थाले,’ उनले कहा’लीलाग्लो क्ष’ण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’युवाको स’मूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आ’क्रमणको ता’रो उनै बने ।

सोती गाउँदेखि आधा घण्टा टाढाको भेरी नदीसम्म ल’खेटेर नवराजको ह’त्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए । उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनार’तर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हा’लेका थिए । ‘हामीलाई बचाउनुस्, मा’फ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्,’
उनले भने, ‘भूईँमा ल’डाएर अ’न्धाधुन्द कु’ट्न थाले ।’ त्यसपछि को साथी नदीमा हा’म फा’ले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए ।ज्यान जोगाउन भेरीमा हा’म फा’लेकालाई पनि नदी’मै पुगेर ढुंगा, हँसिया र चि’रपटले प्र’हार गरेका उनको भनाइ छ ।
अर्का युवा सरोज भँडेलले पनि कु’टपिटबाट बच्न भेरीमा हा’म फा’लेको बताए । नदी पार गरेपछि युवाहरुले थप कु’टपिट गरेपछि प्रहरीले पक्रा’उ गरेर लिएको उनले बताए ।घ’टना भइरहँदा करिब ६ बजेतिर प्रहरीको टो’ली पनि पुगेको थियो ।
तर, ‘ब’चाऊ बचाऊ’ भन्दै गु’हार्दा पनि वास्ता नगरेका पी’डित युवाले बताए । प्रहरीले सिटी बजाउँदै मान्छेलाई ध’पाएजस्तो गरेको खड्काले बताए । उनले यस्तो अवस्थामा ‘मरे पनि म’रिन्छ’ भन्दै नदीमा हा’म फा’लेको बताए । उनी पौडी खेलेर वारि (जाजरकोट) पट्टि पुगे पनि आ’क्रमणबाट ब’चेनन् ।
‘गाउँका केटाहरुले यतै आएर कु’टपिट गरे,’ उनले भने, ‘त्यसपछि प्रहरी आएर मलाई लगेर गयो ।’ चौरजहारी अस्पतालमा दुई दिन उपचार गरेपछि सोमबार घर फर्किएको उनले बताए ।य’तिविघ्न भइसक्दा साँझको करिब ६ बजेको थियो । ज्यान जो’गाएका १२ जना युवालाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो ।
टोलीमा सहभागी युवा शाह अन्य ६ जनालाई गाउँलेले कु’टपिट गर्दै ग’म्भीर घा’इते बनाएर भेरीमा धकेले’को बताउँछन् । ‘बे’होस हुने गरी कु’टिएपछि साथीहरु’ले नदीमा पौडी खेल्न सक्ने कुरा पनि भएन,’ उनले भने, ‘त्यसपछि उनीहरुको हा’लत के भयो भन्ने त सबैले अनुमान लगाउन सक्छ ।’ -कान्तिपुर
प्रतिकृया दिनुहोस्