Thursday, December 7

१५ महीने बालक सहित गण्डक अस्पतालमा उपचाररत २१ जनाले कोरोना जितेर घर फर्किए

May 27, 2020 1015

वीरगन्जको विशेष कोरोना गण्डक अस्पता’लमा उपचारत २१ जनाले मंगलबार को’रोना जितेका छन्। विशेष को’रोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जना मंगलबार राति १० बजे डिस्चार्ज भएका हुन्।

मङगलबार राति डिस्चा’र्ज हुनेमा २१ जना सबै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका हुन्। ती मध्ये १७ जना पुरुष र ४ महिला छन्। डिस्चार्ज हुने १५ महिने बालक’सहित ३ जना बालबालि’का पनि रहेको विशेष कोरोना गण्डक अस्पतालका कोर्डि’नेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

अस्पतालमा ल्याएर राखिएप’छि लगातार दोश्रो पटक’को पीसीआर रिपोर्ट नेगेटिभ आएका २१ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले डिस्चार्ज गरिएको डाक्टर सिंहले बताए। वीरगन्जको अस्पतालबाट भर्ना भएका १०२ संक्रमितमध्ये मङगलबार’सम्म ९३ जना निको भइ घर फर्किएका छन्।

चैत २९ गते देखि जेठ ११ सम्म पर्सा, अन्य जिल्ला’का र भारतीय गरेर १ सय २ जना संक्रमित’लाई उपचारका लागि भर्ना भएका थिए। तीमध्ये मङगलबारसम्म ९३ डिस्चार्ज भएको नारा’यणी अस्पता’लका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

पछिल्लो ४ दिनमा मात्रै ९१ जना निको भइ अस्पता’लबाट घर फर्किएका हुन्। सोमबार मात्रै वीरगन्ज’को नारायणी अस्पालबा’ट ४३ जना डिस्चार्ज भएका थिए।

गत आइतबा’र राति पनि वीरगन्ज ३ छपकैया’को एकै परिवारका २ महिने शिशु र १० बालबालि’का सहित १८ जना’को डिस्चार्ज गरिएको थियो।त्यसअघि गत शनिबार पनि ९ जना डिस्चार्ज भएका थिए।

पहिलो पटक वैशा’ख १४ गते भने २ जना’ संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए। मङगलबार राति २१ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोले’नमा अब ९ जना मात्रै सं’क्रमित उपचाररत छन्। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्