दुई महिनापछि नेपाली बजारमा सुन’चाँदीको मूल्य निर्धारण हुन थालेको छ। गत चैत ११ गतेबाट सरकारले बन्दाबन्दी घोष’णा गरेपछि नेपालका सुनचाँदी विक्रेताहरूले सुनको मूल्य निर्धारण गर्न बन्द गरेका थिए।
यसबीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै उतारचढाव आइसकेको भए पनि नेपाली बजारमा भने यसको मूल्यांकन हुन नसक्दा अन्यौलता बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासं’घले जनाएको छ। त्यही अन्यौलता चिर्न भन्दै महा’संघले बुधबार’का लागि सुनको भाउ प्रतितोला ८६ हजार १ सय रुपैयाँ तोकेको छ।
बन्दाबन्दी सुरु हुनुअघि १० चैतमा प्रति’तोला ७७ हजार रुपैयाँ तोकि’एको थियो। यसरी नेपाली बजार बन्द हुँदै गर्दा सुनको भाउ नौ हजारभन्दा धेरैले महँगिइसकेको छ। यो मूल्य नेपाली बजा’रमा प्रकाशित मूल्यमध्ये हालसम्मकै उच्च पनि हो।
कोरोना भाइरस संक्र”मणको महामारीले सुरुवाती समयमा सुनको मूल्य ओरालो लागे’को थियो। त्यसबेला प्रतिऔंश १७०३ अमे’रिकी डलरसम्म पुगेको सुनको भाउ १० दिनपछि १४६४ डलरमा झरेको थियो। उक्त न्यूनतम विन्दुमा झरेको भोलिपल्ट बाउन्सब्या’क भएर सुनको मूल्य प्रतिऔंश १४९८ डलरमा उक्लि’एको थियो। सोही मूल्य’लाई आधार मानेर नेपाली बजारमा १० चैतको मूल्य निर्धारण भएको थियो।
तर, नेपालमा बन्दाबन्दी सुरु भए’लगत्तै अन्तर्राष्ट्रिय बजा’रमा सुनको मूल्य लगातार उकालो लाग्यो। त्यसबेला तीन दिनमै सुनको भाउ १७१ डलर’सम्म महँगि’एको थियो। त्यसयता अझै बढेको सुन ५ जेठमा १७६५ डलरसम्म पुगेर केही ओरा’लो लागेको अन्तर्राष्ट्रिय समा’चार संस्थाले जनाएका छन्।
मंगलबार अन्तर्राष्ट्रिय बजा’रमा प्रतिऔंश १७१० डलर पुगेको मूल्यकै आधारमा बुधबारका लागि यहाँ प्रति’तोला ८६ हजार १ सय मूल्य निर्धारण भएको हो। कोरोना संक्रम’णले विका’सोन्मुख ठूला अर्थतन्त्रबाट ठूलो लगानी बाहिरिएपछि अमेरिकी डलरको माग बढेको छ। यसले डलरको भाउ उच्चतम विन्दुमा रोकि’एको छ।
बुधबारका लागि पनि राष्ट्र बैंकले अमेरि’की मुद्राको सन्दर्भ (बिक्री) मूल्य १२१ रुपैयाँ ३६ पैसा तोकेको छ। एकातिर अन्तर्राष्ट्रिय बजा’रमा सुन महँगिने र अर्का’तिर डलरको तुलनामा भार’तीय रुपैयाँ कमजोर हुँदा सुनको मूल्य आकाशिएको हो।
चाँदीको भाउ भने लक’डाउन अघिको तुलनामा निकै म’हँगो भए पनि कीर्तिमानी स्तरमा पुग्न सकेको छैन। महासं’घले बुधबारका लागि चाँदीको भाउ प्रतितोला ८९० रुपैयाँ तोके’को छ। बन्दा’बन्दी सुरु हुनुअघि चाँदी सस्तिएर तोलाको ७२० रुपैयाँमा झरेको थियो। चाँदीको भाउ यसअघि ९०५ रुपैयाँसम्म पुगेको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्