Thursday, June 24

नेपालमा आज एकैदिन १५६ जना संक्रमित थपिए, कुन जिल्लामा कति ? हेर्नुहोस् ….

May 28, 2020 1579

बिहीबार थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा का अनुसार योसहित नेपालमा संक्र’मितको संख्या एक हजार ४२ पुगेको हो।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजिटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसी’आर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ ज’नाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेल’नमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाही’का ७ जना रहेका छन् ।,

यस्तै स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलप’रासी पूर्वका १/१ जना रहेका छन् । योसंगै संक्रमित भएका जिल्लाको संख्या ५१ पुगेको न्युज २४ मा खबर छ ।

पछिल्लो २४ घण्टामा पीसीआर दुई ह’जार चार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल १८७ जनाले कोरोना जिते’का छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन्।

प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टा’इनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसो’लेसनमा उपचार भइराखेको छ। आजमात्र नेपालमा १५६ जनामा कोरोना संक्र’मण पुष्टि भएभएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।

प्रदेश १ मा निको भइ घर फर्किएका ३० जना छन् । त्यस्तै प्रदेश २ मा १०१, प्रदेश ३ मा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना निको भएर घर फर्कि’एका छन् ।

देशभर ८५९ जना आइसोलेसनमा उपचा’ररत छन् । प्रदेश १ मा ९९ जना, प्रदेश २ मा ३१३ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश ५ मा ३२९ जना, कर्णा’ली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका प्रवक्ता देवकोटाले बताएका छन् । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्