Thursday, March 23

श्रीमान गुमाएको म अभागीले जवान छोरा पनि गुमाँए, अब कसको मुख हेरेर बाँचौं? (भिडियो)

May 28, 2020 3039

श्रीमान पनि छैनन्, बोहरा गाउँमा भएको दुर्घ’टनामा तीन वर्ष अघि श्रीमान गुमाइन् । अहिले जवान छोरा पनि गुमाउनु पर्दा यि आमाको आँखा ओभा’एका छैनन् । पाँच दिन पछि छोरा न’दिमा फेला परे तर निर्जि’व । लोकेन्द्र विक उनका छोरा पनि नवराजसंगै युवतीको गाउँ गएका थिए । उनी अहिले बोल्न सक्ने अवस्था’मा छैनन् ।

लोकेन्द्र हराए देखि उनको मु’खमा पानी प’रेको छैन । लक्ष्मी सुनार छोरा नभेटिँदा सम्म भेरी नदि तिर फर्केर बसिरहीन् । कतै छोरा आउँछ की भनेर रातभरी सुतेकी छैनन् । तर उनको त्यो प्रति’क्षा सकारात्मक खबर आएन । उनले पाँच दिन पछि छो’राको यस्तो खबर पाइन् । उनले नवराजसंग क’सरी र किन गयो भन्ने पनि थाहा नपा’एको बताइन् ।

छोरा घरवाट गएको दिनदेखि रातभरी न’सुतेर बेसेकी उनी सम्हालिन सकेकी छैनन् । श्रीमान बितेदेखि उनी दुई छोराको अनुहार हेरेर बसेकी थिइन् । जेठो छोरा कतार गएको छ तर उता पनि अहिले काम नपाएर वेख’र्ची भएर बसेको छ ।

आफ्नो काखमा भएको कान्छो छोरा पनि यसरी गुमाउनु परेपछि उनको मन बुझाउने बाटो केी छैन । दुर्घट’नामा परेर उनको एउटा छोरी पनि अपा’गं छन् । छोरीको हेरचाह पनि उनी आफै गर्नुपर्छ । उनको कान्छो छोरा भर्खर १९ वर्षका भएका थिए ।

जेठो छोरा विदेश गएर पनि राम्रो कमाइ नभ’एपछि कसरी घर आउँ भनेर सोधेर बसेको छ । लकडाउनका कारण आउन पाएको छैन । उता विदेशमा भएको छोरा पनि रुँ’दै बसेको छ, म यता रुँदै बसेकी छु । यही छोराको आश थियो । त्यसैलाई यस्तो बनाईदिए ।

अब म कसको मुख हेरेर बाँचौं, उनले भनिन्, किन यस्तो दुस्म’न लाग्यो रु बरु समातेर प्रहरीलाई बुझाइदिएको भए बरु जिउँ’दो हुथ्यो । उनीहरुले त्यसरी नलखेटेको भए उ भेरीमा त्यसरी हराउने थिएन । धेरै पटक यो भेरी तरेको छ । पि’टेरै फालेको भएर उसले नदि तर्न सकेन । नत्र धेरै पटक तरेको भेरी उ त्यसरी हराउने थिएन ।

छोराको गल्ती भए प्रहरी’लाई बुझाइ’दिएको भए म मुख त हेरेर बस्थे, अहिले मेरो सबै सहारा खोसियो । अब कसरी बाँचौ । आधा भेरैमा पुगेपछि बचाउ भनेर चिच्या’एको थियो रे । चोटप’टक नलागेको भए उ भेरी तरेर घर आउँथ्यो । श्री’मान साथमा भए छोरा नभएपनि म छु नी भनेर सम्झाउँथे होला, जेठो छोरो पनि म छु नी आमा भन्न पाउँदैन ।

कान्छो छोराको अवस्था यस्तो बनाइ’दिए । अपा’गं छोरीको पनि वेहाल भयो । यो संसार’मा म जस्तो दुखी कोही भएन । म अब के गरुँ, उनले आफ्नो बेदना यसरी पोखिन् । हाम्रो छोरा’लाई यस्तो बनाउनेहरुलाई कार’वाही भएको सुन्न पाए हुन्थ्यो । उनीहरुलाई कारवाही भएको थाहा पाउन पाए अलिकति मन शान्त होला । भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्