Sunday, September 26

कोरोनाले नेपालमा छैठौं व्यक्तिको निध’न

May 29, 2020 1385

कोरोना संक्रमणका कारण नेपालमा मृ’त्यु हुनेको संख्या ६ पुगेको छ। अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृ’त्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

भारतबाट आएका उनको बिहीबार राती नि’धन भएको थियो। उनको मृत्युपछि आएको कोरोना परीक्षणको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यसअघि नेपालमा पाँच जनाको मृ’त्यु भइसकेको छ।

शुक्रबार थप १७० जनामा कोरोना संक्र’मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफि’ङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार विभिन्न स्था’नमा प्रयोगशालमा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। योसहित नेपालमा कोरोना सं’क्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्र’मण भएका २ सय ६ जना उपचार’पछि निको भएर घर फर्किएका छन्। – नेपाल लाईभबाट (फिचर फाइल फोटो)

प्रतिकृया दिनुहोस्