शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफि’ङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार कोशी अस्पतालमा गरिएको परीक्ष”णमा झापा’का २८ जनामा कोरोना संक्रमण देखिए’को हो। यसैगरी धरानको प्रयोगशालामा सप्तरीका ४ जनामा पनि कोरोना संक्रमण दे’खिएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ४ जना र पर्साका ५ जनामा कोरोना सं’क्रमण भएको मन्त्रालय’ले जानकारी दिएको छ। यस्तै हाल ललितपुरमा रहेका एक जना पुरुषमा पनि कोरोना संक्र’मण देखिएको छ। उनको पाट’न अस्पतालमा परीक्षण भएको थियो।
गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १ जनामा पनि कोरोना संक्रमण देखिए’को पुष्टि भएको छ। यस्तै भेरी अस्पतालको प्रयोग’शालामा बाँकेका १० जनामा कोरोना पोजेटिभ आएको छ। भरतपुरको प्रयोगशालामा कपिलवस्तुका ४ र नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रा’लयले पुष्टि गरेको हो।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा’लमा ८४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। उनीहरू कपिलवस्तु २३, रौतह’टका ५६ र सर्लाहीका ४ जना रहेका छन्। यस्तै रुपन्देही प्रादेशिक अस्तपालमा पनि १६ जनामा कोरोना संक्रम:ण भेटिएको छ। उनीहरु कपिल’वस्तुका १५ जना र रुपन्देहीका १ जना रहेको प्रवक्ता डा देवको’टाले जानकारी दि’एका हुन्।
यस्तै राप्ती अस्प’तालको प्रयोगशा’लमा दाङका २ जना र कपिलवस्तुका ९ जनाको रिपोर्ट पोजेटिभ आएको समेत उनले जा’नकारी दिए। आज पुष्टि भएका महिलाको संख्या ५ छ भने अन्य १६५ जना पुरुष हुन्। हालसम्म ११०३ पुरुष र १०९ महिला कोरो’ना संक्र’मित भएका छन्।
योसहित नेपाल’मा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा को’रोना संक्र’मण भएका २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। – नेपाल लाईभ
प्रतिकृया दिनुहोस्