Thursday, March 23

मन्त्रीको विवा’दित भाषण: कोरोना श्रीमती जस्तै हो, नियन्त्र’ण गर्न सकिँदैन !

May 29, 2020 1434

इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।उनले ‘विद्रो’ही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोले’पछि विवा’दित बनेका हुन् ।

सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षा’मन्त्री मो’हम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामा’जिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थी’हरुमाझ अनला’इन मार्फत उक्त अभिव्य’क्ति दिएका थिए ।

यही मंगलबार उनले सम्बोधन’को क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्य’मा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो ।

सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रिय’लाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकार’कर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामा’जिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षा’कर्मी तैनाथ गरेको छ । जहाँ को’रोना भाइरसका संक्रमि’तको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको मृ’त्यु भइसकेको छ । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्