Monday, June 21

सामसुङ’ले ल्यायो अनौठा फोटा खिच्ने यस्तो प्रविधि

May 29, 2020 619

सामसुङले युवा वर्गलाई लक्षित गर्दै द्रुत अटो फोकस तथा गुण’स्तरीय तस्बिर खिच्न सजिलो हुने गरी १.२ μm साइज र ५० एम पी सहितको नयाँ प्रविधि ‘ISOCELL GN1’ प्रविधि सार्व’जनिक गरेको छ ।

५० मेगापिक्सल इमेजको साइज र १ दशमलब २ म्यु सहित’को यस प्रविधि मोबाइल फोटोग्राफीका लागि आकर्षक मानिएको छ ।आइएसओसेल जी एन १ सामसुु’ङको पहिलो इ’मेज सेन्सर हो, जसमा डुएल पिक्सेल र टेट्रासेल प्रविधि हुन्छ । जसले अँध्यारो’मा पनि सहज हुने गरी लाइट सेन्सिटिभिटी प्रदान गरेको हुन्छ ।

साथै डिएसएल’आर स्तरको अटो फोकसको गति यसमा हुन्छ । जुन प्रविधि गतिशील दृश्य खिच्न उपयुक्त र सह’ज मानिन्छ । कम्पनीका अधिकारीहरुका अनुसार आइएस’ओसेल जीएन १ प्रतिकुल वातावरणमा पनि आश्चर्यजनक तस्बिर कैद गर्न सकिने एक नयाँ प्रविधि हो ।

सामसुङ इलोक्ट्रे’निक्स अन्त’र्गत सेन्सर बिजनेस उपाध्यक्ष योंगिन पार्कले समयानुकुल अत्याधुनिक प्रविधिबाट मो’बाइल फोटोग्रा’फी गर्न सकि’ने प्रविधि भविष्यमा पनि ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पछिल्लो आधुनिक समय’का युवा पुस्ताको रुची अनुसार जस्तोसुकै परिस्थितिमा आकर्षक र आश्चर्यजनक तस्बिर खिच्नमिल्ने प्रविधिको रुपमा सामसुङले हालै परि’चित गराएको आइएस’ओसेल जी एन १ लाई लिइन्छ । जुन प्रविधिमा उच्चस्तरीय अटो फोकस’को सुविधा हुन्छ । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्