Monday, March 20

युवतीका भाई पहिलो पटक मिडियामा, गरे यस्तो गम्भि’र खुलासा (भिडियोसहित)

May 30, 2020 4246

नवराजको प्रेमिका भनिएकी युवती र उनको परिवार अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । आफ्नो प्रेमि’कालाई वेहुली बनाउन भन्दै साथी लिएर गएको भनिएका नवराज मृत फेला परेका छन् ।

सो घटनामा अनुसन्धानका लागि २० जनालाई नियन्त्रणमा राखेको छ । नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवती’का भाई लक्ष्मण मल्ल सार्वजनिक भएका छन् । उनले सो घटनाका धेरै कुरा खुलाएका छन् ।

नवराजको घरमा गए’को स्वीकार गरेका उनले नवराजले बोलाएकै कारण आफु उनको घरमा गएको बताएका छन् । उनले नवरा’जसंग आफ्नो पनि फेसवुकवाट नै चिनजान भएको र उनले तिमी आउ म जाजरकोट घुमा’इदिन्छु भनेर बोलाएका कारण आफु गएको बताए ।

भर्खर परिक्षा सकिएको थियो, त्यो बेलामा आउ म घुमाइदिन्छु भनेर बोलाए पछि म गएको हुँ उनले भने, मलाई दिदीसंग सम्बन्ध छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् ।

उनले आफुले भिनाजु भनेर सम्बोधन नगरेको बताएका छन् । फेसवुक’मा भिनाजु भनेर कमेन्ट गरे’का छन् भन्ने कुरा आएको छ भनेर सुनाउँदा उनले त्यो कुरा गलत भएको बताएका छन् । वि’वाह नभएको मानिसलाई कसैले भिनाजु भन्छ, त्यो कुरा झुट हो, उनले भने मैले दाजु भन्थे ।

उनले आफ्नो दिदीसंग सम्बन्ध छ भन्ने कुरा लक’डाउन पछि मात्र थाहा पाएको बताएका छन् । नवराजको परिवारले युवतीको भाईले भिनाजु भन्ने गरेको छ भनेर गरेको दावी’को पनि उनले खण्डन गरेका छन् । उनले दाजु भनेर गएको हुँ भिनाजु भनेको छैन, दिदीसंग लभ थियो भन्ने पनि थाहा थिएन । लकडाउनको बेलामा मात्र थाहा पाएको थिए ।

उनले घरमा आएर उनीहरुले घरमा ढुंगाले हा’नेको बताएका छन् । दिदीको कोठा अगाडी उभिएर उनीहरुले ढुंगा’ले हानेको बताए । सात दिन सम्म नवरा’जको घरमा जाँदा उनले नसा प्रयोग गरेको आफुले देखेको बताए । मलाई पनि खाउ भनेर भनेका थिए, तर मैले खाइन ।

खै के हो औषधी भन्थे, टाउको दुख्यो भने खान्थे , कतै झगडा भयो भने ह्वार्रै जान्थे त्यस्तो प्रका’रका थिए, उनले भने मलाई त्यो कुरा मन परेन । मैले त्यो कुरा थाहा पाएप’छि दिदीलाई सुनाएको बताए ।

मैले दिदीलाई यस्तो केटासंग किन लभ गर्छेस् भनेर सोधेप’छि मलाई यस्तो कुरा थाहा थिएन । अहिले मेरो सम्ब’न्ध उसंग छैन भनेर दिदीले आफुसंग भनेको उनले बताए ।

उनले वाराही मेला लागेको बे’लामा नवराजसंग होइन, नवराजको बहिनी एसइइ दिने बेलामा पुजा भन्नेसंग गएर बसेको म’लाई थाहा छ, नवराजको घरमा गएको मलाई थाहा छैन । उनले आफु नवराजको घरमा जाँदा आफु’लाई बाबु किन आएको तिमी भनेर सोधे’को पनि बताए । उनले सोध्दा दाईले घुमाइदिन्छु भनेर बोलाउनु भयो त्यही भएर आएको हुँ भनेर आफुले भनेको बताएका छन् ।

आफुले नवरा’जको घरमा गएको भनेर सुनाएपछि दिदीले आफुलाई गाली गरेको पनि बताएका छन् । आफु नवराज’को घरमा जानु अघि नै दुई जना बिचको सम्बन्ध सकिइसकेको खुलासा पनि उनले गरेका छन् । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्