Monday, October 2

नवराजका बुबा पनि आए मिडियामा, खुलाए यस्ता नयाँ तथ्य, हेर्नुहोस् (भिडियोसहित)

May 30, 2020 2060

आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै गएका नवराज विक मृ’त फेला परे । उनीसंगै नवराजका साथी पनि मृ’त फेला परेका छन् । अहिले सम्म नवराज सहित ५ जनाको श’व फेला परेको छ एक जना अझै हराइरहेका छन् ।

यो घटनामा प्रहरीले वडाध्यक्ष सहित २० जनालाई पक्रा’उ गरेको छ । निध’न भएका नवराज विक दलित समुदाय हुन् भने उनको प्रेमिका भनिएकी युवती ठकुरी हुन् । अन्तरजातिय विवाह र जातिय विभेदका कारण यो घटना भएको भन्दै अधिकारवादीहरुले आवाज उठाएका छन् ।

त्यो दिन के भएको थियो भन्ने कुराको केही तथ्य नवराजको वुवाले खोलेका छन् । उनले युवतीले नै नवराजलाई ठूलो मास लिएर आउनु भनेर बोलाएको आ’रोप लगाएका छन् । युवतीले ९ गते नवराजलाई त्यसो भनेर फोन गरेका का’रण उनले ठूलो समुह लिएर गएको हुनसक्ने नवराजको वुवाले बताएका छन् ।

उनी पहिलो पटक मिडियामा सार्वज’निक भएका हुन् । यद्धपी त्यो दिन छोराको आफुसंग केही कुराकानी भने नभएको बताएका छन् । उनले छोरा ठूलो संख्याको युवक लिएर रुकुम गएको खबर आफुला’ई थाहा नभएको बताइन् ।

युवती चौरजहारी कोठामा बस्दा आफ्नो घरमा आएको र त्यतीबेला अहिले तिम्रो उमेर भएको छैन, अनि यो अन्तर’जातिय सम्बन्ध हुने भएकाले तिमी अहिले घर जाउ भनेर पठाएको बताए । उनले शनिवार युवतीले नवराजलाई फोन गरेर तिमी जसरी पनि आउ।

मलाई अन्तै विवाह गरिदिन लागेको छन् भनेर फोन गरेका कारण आफ्नो छोरा गएको उनको आ’रोप छ । उनले आफ्नो छोराको नि’धन त्यसै नभएको भई उनको ह त्या गरेर नदिमा फालेको शंका गरेका छन् । उनले प्रहरी अनुसन्धान र पोष्टमार्टमको प्रकृ’यामा पनि शं’का ब्यक्त गरेका छन् ।

उनले रुकुममा घट’ना भएको भए पनि सबै प्रकृया जाजरकोटमा भएको बताए । उनले संगै गएका युवा मध्य केहीलाई समातेर प्रहरीको गाडीमा लैजाने र केहीलाई नदिमा फाल्नुको कारण मैले बुझेको छैन, उनले भने ।

रुकुमका स्थानियले भने यो घटना जातियताका कारण नभएको बताइरहँदा अधिकारकर्मीहरुले भने जातियताकै कारण भएको दावी गरेका छन् । उनीहरुले २१ औं सताब्दिमा भएको यो घट’ना लोकतन्त्रको उपहास भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्