Thursday, December 7

आज एकैदिन १८९ जनामा कोरोना भेटियो, कुन जिल्लामा कति ? हेर्नुहोस्

May 30, 2020 1670

शनिबार थप १८९ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफि’ङका क्रममा मन्त्रालयका प्रव’क्ता डा विकास देवकोटाले उक्त जान’कारी दिएका हुन्। उनका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशा’लामा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भए’को पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ। उनीहरु’मध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्ला’हीका १७ जना र सिराहा ११ जना छन्।

यसैगरी रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना’को पोजेटि’भ रिपोर्ट आएको छ। उनीहरू कपिलव’स्तुका हुन्। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रम’ण देखिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’को प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिल’वस्तुका ३ जना छन् भने दाङका ५ जना छन्। नारा’यणी अस्पतालको प्रयोगशा’लमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रम’ण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा गरिएको १४ जना’को रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्। विराट’नगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ ज’नाको रिपोर्ट पोजे’टिभ आएको छ। उनीहरू दुवै जना संखुवा’सभाका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ। हा’लसम्म नेपालमा कोरोना संक्र’मण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्कि’एका छन्। नेपालमा कोरोना संक्रमणका कारण ६ जनाको भने मृ’त्यु भइसहेको छ। – नेपाल लाईभबाट

प्रतिकृया दिनुहोस्