शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृ’त्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । कर्णा’ली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले मृत’क युवाको पीसीआर रिपोर्ट पोजि’टिभ आएको पुष्टि गरेका हुन् ।
भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको श’निबार बिहान चिया खाइसकेपछि मृ’त्यु भएको दुल्लु’का मेयर घनश्याम भण्डारीले बताए । उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृ’त्यु हो । नेपालमा कोरो’नाकै कारण यसअघि नै छ जनाको मृ’त्यु भइसकेको छ ।
उनीसहित मृतकको संख्या सात पुगेको छ । कर्णा’ली संक्रमितको संख्या भने ७८ पुगेको छ । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्र’मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्र’मितको संख्या १४ सय १ पुगेको छ।
स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रव’क्ता डा. विकास देवकोटाका अहिलेस’म्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमु’ना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पी’सीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरि’एको छ ।
मन्त्रालयका अनुसार अहि’लेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरो’ना जित्नेको संख्या ११९ पुगेको छ । कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला छन् ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा पाँच सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमि’त छन्। यस्तै प्रदेश नम्बर ५ मा ५४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १४ सय एक जना संक्रमि’त छन्। संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ। – अन्नपुर्ण पोस्ट ( फिचर फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्