पाकिस्तानले जासूसी’का लागि छाडेको हुनसक्ने भन्दै पक्राउ गरेको परेवा भारतीय अधिकारीहरुले रिहा गरेका छन् । साथै उक्त परेवा पाकिस्तानले जा’सूसी गर्न पठाएको नभएर एक माझी’को परेवा सीमापार उडेर आइपुगेको पुष्टि भएको छ ।
‘परेवालाई शंका’स्पद केही नभेटिएपछि हिजो, मे २८ मा छाडियो,’ भारत प्रशासित कश्मीरका प्रहरी वरिष्ठ प्रहरी अधिकारी शैलेन्द्र मिश्रले बताएका छन् । तर उक्त परेवा कहाँ’बाट छाडियो र उडेर कता गयो भन्ने प्रष्ट भएको छैन ।
यसअघि पाकिस्तानी परेवा मालिकले आफ्नो परेवा रिहा गरिदिन भारतीय अधिकारीहरु’सँग आग्रह गरेका थिए । ‘यो एक निर्दोश चरा हो,’ परेवा मालिक हबिबुल्लाहले भनेका थिए । उक्त परेवाको खुट्टामा औँठी जडान गरिएको कुरा चाहिँ सत्य नभए’को ती परेवा मालिकको भनाइ छ ।
हबिबुल्लाह कश्मीरको सीमा’क्षेत्र नजिकैको एक गाउँमा बसोबास गर्छन् । उक्त चरालाई जासूसी गर्न प्रयोग गरिएको हो कि हैन भनेर आफूहरुले नियन्त्रण’मा राख्नुपर्ने भएको भारतीय सीमा सुरक्षा’का वरिष्ठ अधिकारीले बताएका छन् ।
२०१६ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध धम्की’पूर्ण सन्देश लेखिएको परेवा छा’डिएको भन्दै पाकिस्तान’बाट आएको परेवालाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका थिए । – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्